‘भुमे पर्वको समिक्षा बैठक,समाजलाई एकतावद्ध बनाउन सहयोग’
प्रेमविवश घर्ती
दाङ, ७ असार । नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङले भुमे पर्व भव्य रुपले सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङ्को दाङ घोराही मा बसेको समिक्षा बैठक ले असार १ देखि ५ गतेसम्म सन्चालन भएको मगरहरुको भुमे पर्व भव्यताका साथ सम्पन्न भएको ठहर गरेको हो ।
हरेक वर्ष भुमे पर्वको सार्वजनिक विदाको मागसहित मगर संस्कार र संस्कृती संरक्षणको लागी मगर भुमे पर्व मनाईएको नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङ का अध्यक्ष खलुप्रसाद पुनमगरले बताएका छन् । करिब २ दर्जन जति समाज र नेपाल मगर संघ केन्द्रिय सदस्यहरुको उपस्थितिमा भएको समिक्षा बैठकमा बोल्ने बक्ताहरुले यस किसिमको पर्वले मगर समुदायलाई थप एकताबद्द गरेको बताएका थिए ।
सचिव मुक्त बुढामगरले सन्चालन गरेको समिक्षा बैठकमा नेपाल मगर संघको केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सितलाल पुनमगर, केन्द्रिय सदस्य दयाजी रोकामगर र विभिन्न ससाजका अध्यक्ष र प्रतिनिधिले आआफ्नो धारणा राखेको जिल्ला सदस्य प्रेम विवश घर्ती मगरले जानकारी दिएका छन् ।