Ad Area

प्युठानको गडिकोटमा पुर्णिमा मेला लाग्ने


प्युठान, ३१ असोज ।

प्युठानको झिमरुक २ बादिकोटमा अबस्थित आलमदेबि ( गडिकोट) मन्दिरमा बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि कोजाग्रत पुर्णिामा को दिन कात्तिक तीन गते बिबिध पुजाआजा संगै मेला लाग्ने भएको छ । गत बर्ष बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ ले गर्दा मन्दिरमा दर्सन गर्नेहरु बोलि चढाउनेहरुको खासै उपस्थित रहेको थिएन ।

यस बर्ष मन्दिरमा दर्सन गर्न आउने, वली चढाउने, परेवा उडाउने श्रद्वालु भक्तजनहरुको संख्या बढ्न सक्ने आलमदेबि मन्दिर ब्यबस्थापन समितिको बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पोख्रेलले बताए । मन्दिरमा दर्सन गर्न जाने भक्तजन तथा मेलामा सामेल हुने सम्पुर्णले अनिबार्य स्वास्थ्य सुरक्षा सामाग्रिहरुको प्रयोग गर्नुपर्ने, अनावश्यक भिडभाड नगर्ने, साथै आलमदेबि मन्दिरसंगै आसपासमा मदिरा सेबन तथा बिक्रिबितरणमा निसेधित गरिएको पोख्रेलले बताए ।

कात्तिक तिनगते लाग्ने कोजाग्रत पुर्णिमा मेला व्यवस्थापनका लागि शनिबार मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र एम.सीको अध्यक्षता तथा झिमरुक दुईका वडा अध्यक्ष बलबहादुर एमसीको प्रमुख आतिथ्यतामा विभिन्न उपसमिति हरु गठन गरिएको छ ।

जसमा भक्तजन ब्यबस्थापन समिति,बजार ब्यस्थापन समिति ,परेवा ब्यबस्थापन समिति,सुचना संचार तथा सचिबालय ब्यबस्थापन समिति, भेटिघाटि तथा धुपधजा ब्यस्थापन समिति, सरसफाइ तथा बाटो मर्मत समिति ,सराय नाच तथा जात्रा ब्यबस्थापन समिति विभिन्न ब्यक्तित्वको नेतृत्वमा गठन गरिएको सुचना तथा संचार सचिबालय ब्यबस्थापन समितिका संयोजक प्रदिप खत्रि ले बताए ।

आलम देबि मन्दिरमा दर्सन गर्न दर्जनौ पाडा पाठा बोलि चढाउन र सयौ जोडि परेवा उडाउन प्युठान लगाएत गुल्मि, अर्घाखाँची ,दाङ कपिलवस्तु लगाएतका क्षेत्रबाट भक्तजनहरुको बाक्लो उपस्थित रहने खत्रिले बताए ।

Blog Post Ad

पछिल्लो समय गडिकोट आलमदेबि मन्दिर पुननिर्माण प्रश्चात आन्तरिक प्रयटक हरुको दैनिक भ्रमणले गर्दा र मन्दिरको ऐतिहासिक पृष्ठभुमि बुझ्न ,सराय नाच हेर्न ,सराय नाच्न र यसक्षेत्रकै प्रमुख दसै मेला भएकोले विभिन्न खानाका परिकार तथा स्थानिय ब्यपार ब्यबसाय पनि मेला आसपासमा बजार लाग्ने भएकोले ब्यबस्थापन गर्न आजैबाट खटिएको बजार ब्यबस्थापन समितिका संयोजक कृष्ण प्रसाद पोख्रेलले बताए ।

आलम देबि मन्दिरमा बोलि चढाए,परेवा उडाए,धुपधजा भेटिघाटि चढाए मनले सोचेको पुग्ने,अल्झिएका कामहरु सफल हुने ,दर्सन गरे पुण्य कमाउने धार्मिक बिस्वास चल्दै आएको छ ।

Blog Post Ad Blog Post Ad