Ad Area

समाज रुपान्तरणमा ग्रामीण महिला उत्थान केन्द्रको भूमिका अतुलनीय


घोराही, १२ असार । स्थानीय सरकारले गर्ने काममा ग्रामीण महिला उत्थान केन्द्रले अतुलनीय भुमिका खेलेको भन्दै संस्थाले गर्दै आएको कामको प्रशंसा गरिएको छ ।

ग्रामीण महिला उत्थान केन्द्रले शनिबार घोराहीमा आयोजना गरेको साझेदारी मञ्च बैठकमा सहभागी वक्ताहरुले दूरदराजका ठाउँमा स्थानीय सरकार पुग्न नसकेको परिवेशमा उत्थान केन्द्रले सकारात्मक ढंगले काम गर्दा स्थानीय सरकारलाई सफल बनाउन भुमिका खेलेको भन्दै प्रशंसा गरिएको हो ।

घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि र विपद व्यवस्थापनका क्षेत्रमा स्थानीय सरकारलाई जवाफदेही बनाउनेदेखि कार्यान्वयन प्रकृयामा भुमिका खेलेको हुँदा पालिकाको नीति तथा कार्यक्रम प्रभावकारी बनेकोमा जोड दिईएको छ ।

सो अवसरमा नगर प्रमुख चौधरीले नरुलाल चौधरी खेतीपातीको सिजन शुरु भई सक्दा पनि मलको आपूर्तिको काम सरकारले बेलैमा गर्न नसक्दा स्थानीय सरकारले मल व्यवस्थापन गर्न कठिन भएको बताउनुभयो । वर्षेनी मलको समस्या दोहोरिने अवस्था रहेकाले यो काम कम्तिमा प्रदेश सरकारले गर्न सकेको भए राम्रो हुने उहाँको धारणा थियो । यस्तै, उहाँले कृषिलाई सामुहिकरण गर्ने घोराहीको प्राथमिकतामा परेको बताउनुभयो ।

यान्त्रिकरण गर्दै एकीकृत रुपमा कृषि उत्पादनमा जोड्न घोराहीले नीति लिएको बताउँदै उहाँले सामुहिक खेती अबको प्राथमिकतामा परेको जानकारी गराउनुभयो । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का वडा अध्यक्ष राममणि पाण्डेले शिक्षा, सडक, सिँचाइ, पूर्वाधार विकासको वरिपरि समाज घुमि रहेकाले समाज अभिलाषा पूरा गर्न चुनौतिपूर्ण रहेको बताउनुभयो । त्यसका लागि रोजगार उन्मुख व्यवस्थामा स्थानीय सरकार अघि सर्नु पर्ने हुँदा सामाजिक संघ संस्थाको भुमिका रहने बताउनुभयो ।

Blog Post Ad

दाङ, सल्यान र प्युठानमा सिमान्तकृत र विपन्न नागरिकहरुको उत्थानका लागि परियोजनामार्फत सशक्तीकरणको काम गर्दै आएको संस्थाले पारस्परिक जवाफदेहिता अन्तर्गत घोराहीको वडा नम्बर १,२ र ४ मा साझेदारी मञ्च, रेडियो श्रोता क्लब, स्थानीय सभा, हेड कोलिशन, च्याम्पियन गरि पाँच वटा विषयगत रुपमा काम गर्दै आएको छ ।

कार्यक्रममा परियोजनाका काम, वर्तमान अवस्था र उपलब्धिका बारेमा परियोजना संयोजक एचबी थापाले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा वडा नम्बर ११ का वडा अध्यक्ष कुलबहादुर लामिछाने, १५ का अध्यक्ष रमेश पाण्डे, हेड कोलिशन संयोजक थम्मन चौधरी, दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव अनिल आचार्य, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमलगायतले बोल्नुभएको थियो । कार्यक्रममा निर्वाचित भई भर्खरै कार्यभार सम्हाल्नु भएका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरिएको थियो ।

ग्रामीण महिला उत्थान केन्द्रकि अध्यक्ष आशमानी चौधरीले संस्थाको कामका बारेमा जानकारीसहित स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहजीकरण संस्थाकि परियोजना अधिकृत शिवा चौधरीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad