Ad Area

रासन किन्न गएका युवतीमाथि सीतावर्ती क्षेत्रमा बलात्कार, चार जना नियन्त्रणमा !


दाङ, १३ असार । सीतावर्ती क्षेत्रमा दुई नेपाली युवती भारतको जंगलमा बलात्कार भएको छ । हिजो बिहान करीव एघार बजे भारतको बलरामपुर जिल्लाको मनीपुर बजार क्षेत्रमा रासन किन्न हिँडेका राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्राका दुई युवतीलाई केही भारतीय युवाहरुको समुहले बलात्कार गरेको सीमा प्रहरी चौकी खांग्रानाकाले जनाएको छ । प्रत्येक आइतवारको दिन भारतको मनीपुरमा हाटबजार लाग्ने गरेकाले उनीहरु त्यहाँ गएका थिए ।

पाँच जना युवती र एक महिला नेपालबाट मनिपुर बजारमा रासन किन्न जाने क्रममा नेपाल–भारत सीमावर्ती क्षेत्रको दक्षिण तर्फको जंगलमा भारतीय युवाहरुको समुहले बलात्कार गरेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

नेपाल–भारत सीमावर्ती क्षेत्रको दशगजादेखि करिब चार किलोमिटरको भारतीय जंगलमा सो घटना भएको हो । उनीहरुसंगै गएका अन्य चार जनालाई धम्काउदै कुटपिट गर्नुका साथै सरसामान पनि लुटपाट गरेको खुल्न आएको छ । बलात्कार भएको भन्दै पीडितहरु प्रहरीको सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख रञ्जु केसीले बताउनुभएको छ ।

‘दिउँसो भारतीय बजार गएर फर्किने क्रममा नेपाली महिलाहरुलाइ करणी भएको जानकारी आएको छ’ उहाँले भन्नुभयो ‘घटना स्थल भारतीय भूमि हो ।’ सीमा प्रहरी चौकी खांग्रानाका इञ्चार्जको कमाण्डमा पीडित महिलाहरुलाई उपचार गरिँदैछ । यस्तै, हरैया थानाका अनुसार उक्त कार्यमा संलग्न पाँचजना मध्य चारजना पक्राउ गरिएको बुझिएको प्रारम्भिक जानकारी आएको छ । यता, जिल्ला प्रहरी कार्यालय दाङले पनि घटना बारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad