Ad Area

होटेल एशोसियसन संघ दाङ गठन


दाङ, १५ असार । होटेल एशोसियसन संघ दाङको तदर्थ समिती गठन गरिएको छ । जिल्लामा रहेका ठुला होटेल व्यवसायीहरुको भेलाले नरेशकुमार श्रेष्ठको अध्यक्षतामा समिती गठन गरेको हो ।

समितीको वरिष्ठ उपाध्यक्षमा रोमकान्त पन्त, उपाध्यक्षमा इन्द्र शाह, महासचिवमा अरुण शर्मा, कोषाध्यक्षमा निरञ्जन राजभण्डारी रहनुभएको छ । सदस्यमा कृष्ण खनाल, ऋषिराम खनाल रहनुभएको छ । यस्तै, भेलाले संघको प्रदेश प्रतिनिधिमा ओविन्द्र महरालाई चयन गरेको छ ।

होटेल संघ हानका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठको उपस्थितीमा भएको भेलाले तदर्थ समिति गठन गरेको हो । संघले पर्यटन प्रवद्र्धनमा काम गर्ने तदर्थ समिति अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad