Ad Area

जिल्लाको विकासमा भुमिका खेल्छु- राज्यमन्त्री श्रेष्ठ


अमरराज आचार्य
दाङ, २ कार्तिक । लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठले जिल्लाको विकासमा आफुले पहल गर्ने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन । जिल्लाको समस्याका बारेमा आफु जानकार रहेकाले समस्याको समाधानका लागि अगाडि वढने उनको भनाइ रहेको छ ।

जिल्लामा पर्यटन तथा औद्योगिक विकास संगै अन्य विकास निर्माणका कार्य अगाडि वढाउन आवश्यक रहेको उनको भनाइ रहेको छ । ‘विकासको लागि एक्लैले हुदैन तपाइ हामी मिलेर अगाडि वढने हो ’ श्रेष्ठले भने । सबै मिलेर अगाडि बढदा जिल्लाको विकासमा महत्वपुर्ण भुमिका खेल्ने उनको भनाइ रहेको छ । ‘मैले नदेखेका समस्याका बारेमा जानकारी दिएर सहयोग गर्नु होस ’ राज्य मन्त्री श्रेष्ठले भने । जिल्लामा नाप तौलको कार्यालय स्थापना गर्न आफनो तर्फबाट पहल गर्ने उनले बताए ।

नाप तौलको कार्यालय नहुदा यस क्षेत्रका व्यवसायीहरुले भोग्नु परेको पिडा आफुले बुझेको समेत उनले बताए । घोराहीमा निर्माण भएको बहुउदेश्य सभा गृह यस क्षेत्रको गहना भएको भन्दै यसलाइ निर्माण गर्न प्रदेश सरकारको वाट हुने सहयोग रहने समेत बताए ।

कार्यक्रममा वोल्ने बक्ताहरुले जिल्लामा नाप तौलको कार्यालय नहुदा व्यवसायीहरुले समस्या भोग्नु परेको, हवाइ यातायात नियमित गराउनु पर्ने, स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासमा भुमिका खेल्नु पर्ने, चार लेन सडक निर्माण कार्यका ध्यान दिनु पर्ने, घोराहीमा घोषणा गरिएको औद्योगिक क्षेत्रको कार्यलाई अगाडि वढाउन पहल गर्नु पर्ने लगाएतका सुझाव दिएका थिए ।

त्यस अवसरमा दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल, संघका पुर्वअध्यक्ष तथा मानार्थ सदस्य रामदयाल गुप्ता, पुर्व अध्यक्षहरु माधवप्रसाद शर्मा, चन्द्रराज पन्त, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य तथा संघका पुर्व अध्यक्ष धुवराज राज श्रेष्ठ भारी लगाएतले भनाइ राखेका थिए ।

कार्यक्रम संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा भएको थियो । संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad