Ad Area

गोरखा तुलसीपुरले गर्‍यो पदकधारी खेलाडीलाई सम्मान


लक्ष्मण बस्नेत
दाङ,२१ असार । दाङ जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड कब्जा गरेको गोरखा मावि तुलसीपुरले पदकाधारी खेलाडीलाई नगद पुरस्कारले सम्मान गरेको छ ।

जिल्लास्तरको रनिङ शील्ड प्रतियोगितामा बिद्यालयको प्रतिनिधित्व गर्दै लगातार तेस्रो पटक उपाधी दिलाएर शिल्ड कब्जा गर्न सफल खेलाडीलाई हौसला स्वरुप बिधालयले नगद पुरस्कारले सम्मान गरेको हो ।

स्थापना कालदेखि शिक्षासंगै खेलकुदलाई उच्च प्राथमिकतामा राखेको विद्यालयले लक्ष्य र उदेश्य अनुरुप विद्यालयमा अध्ययनरत खेलाडीले पालिका,जिल्ला हुँदै राष्ट्रिय अन्तराष्ट्रियस्तरमा विद्यालय र सिङ्गो जिल्लाको सान र गौरवलाई उच्च बनाएको भन्दै स्वर्ण, रजत र कास्य पदक हात पार्न सफल खेलाडीलाई क्रमशः जनही तीन, दुई र एक हजार नगद पुरस्कारले सम्मान गरिएको विद्यालयका खेलकुद संयोजक मोहन सुनारले बताए ।

प्रधानाध्यापक जिएमका अनुसार १२ औ जिल्लास्तरिय रास्ट्रपति रनिङ शिल्डमा विद्यालयले जितेका ९ स्वर्ण २ रजत र ३ कास्य पदकमा सर्वाधिक ४ स्वर्ण,१ रजत र १ कास्य पदक हात पार्ने कक्षा १० मा अध्ययनरत करुणा रिजाल नगद १५ हजार पुरस्कारले सम्मानित भईन ।

त्यस्तै ३ स्वर्ण जितेकी विष्णु वलीले नगद ९ हजार, २ स्वर्ण, १ रजत र १ कास्य पदक जितेकी रबिना रेउले ९ हजार, २ स्वर्ण,१ कास्य,पदक जित्ने चित्र बहादुर बस्नेत नगद ७ हजारले सम्मानित भए । त्यस्तै दुई÷दुई स्वर्ण पदक जितेका रितिका बोहरा, रक्षा बस्याल र प्रतीक न्यौपाने जनही ६ हजारले सम्मानित भए । यसैगरी कास्य पदक दिलाउने दिपेश राम्जा मगर, विशाल परियार, बिप्लव परियार,देविसरा वली,दीक्षा बस्नेत,सरु वली,दिप्शिखा शाही जनही एक÷एक हजार पुरस्कारले सम्मानित भए ।

त्यस्तै विद्यालयलाई १० औ र ११ औ जिल्लास्तरको रास्ट्रपती रनिङ शिल्ड दिलाउदै राष्ट्रिय तथा १३ औं दक्षिण एशियाली खेलकुद सागमा सहभागी अन्तर्रास्ट्रिय खेलाडी अरुणा रिजाल र सिमान थापालाई सम्मान गरिएको थियो ।

Blog Post Ad

स्वागत तथा सम्मान कार्यक्रम बिधालय ब्यबस्थापन समितिका उपाध्यक्ष डोरबहादुर जिसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिका वडा न ६ का वडा अध्यक्ष दुजमान भण्डारी वर्षातको र जिल्ला खेलकुद बिकास समितिका दाङका कार्यालय प्रमुख पद्मा चौधरीको बिशिस्ट आतिथ्यमा भएको थियो । विद्यालयका प्रधानाध्यापक बिजय जिएमको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको संचालन विद्यालयका शिक्षक कमल भण्डारीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad