Ad Area

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रिमोट र बिरेन्द्रलाई स्वर्ण पदक


दाङ,२१ असार । दाङ घोराही निवासी दुई जना तेक्वान्दो खेलाडीले भारतको जम्मु कस्मिरमा भएको प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

भारतको जम्मु कस्मिरमा यहि जुन १ गतेदेखि ३ गतेसम्म भएको खुल्ला अन्तर्राष्ट्रिङ तेक्वान्दो च्याम्पियनसिप–२०२२ मा सहभागी खेलाडी रिमोट झाँक्रीमगर र बीरेन्द्र डाँगीले स्वर्ण पदक जितेका हुन ।

घोराहीमा रहेको अल्फा तेक्वान्दो डोजाङबाट सहभागी भएका खेलाडी झाँक्रीमगरले ५१ केजी तौला समूह र डाँगीले ५४ केजी तौल समूहको खेलमा स्वर्ण पदक जितेका हुन । स्वर्ण बिजेता खेलाडीहरुले मेडलसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसअघि पनि भारतको दिल्लीमा भएको इन्डो–भारत मैत्रीपूर्ण अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा अल्फा तेक्वान्दो डोजाङबाट सहभागी भएका खेलाडीहरुले विभिन्न पदक जितेका थिए ।

Blog Post Ad Blog Post Ad