Ad Area

देउखुरीमा बाढीले जीप बगायो


घोराही ३, कार्तिक । गएराति दाङको देउखुरीमा बाढीले जीप बगाएको छ । गढवा गाउँपालिका वडा २ खौरा खोलाले बा १७ च ५३४४ नम्बरको जीप बगाएको हो ।

उक्त जिपमा पाँच जना सवार रहेपनि मानविय क्षति भने भएको छैन । गढवाबाट पोखरातर्फ जान लागेको जिप बाढीले बगाएको प्रहरीले जनाएको छ । त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत नर्ती र लमहीका बीचमा एउटा बस दूर्घटनामा परेको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बस सडक किनारामा पल्टिएको भए पनि मानविय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । बसमा चालक र सहचालक मात्रै रहेका थिए ।

Blog Post Ad Blog Post Ad