Ad Area

प्युठानमा खोलाले बगाएर एक जनाको मृत्यु, दुईजना बेपत्ता !


प्युठान ३, कार्तिक । प्युठानमा खोलाले बगाएर बुधवार बिहान एक जनाको मृत्यु भएको छ। दुईजना बेपत्ता भएका छन।

जिल्लाको माण्डवी गाउँपालिका – ४ आपचौर बस्ने २८ वर्षीया देवीसरा कार्कीको मृत्यु भएको हो भने उनका दुई वर्षीय छोरा दिनेश कार्की र अर्का स्थानीय मधु अधिकारीका ८ वर्षीया छोरी अनुस्का अधिकारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता, प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए।

गैरेका अनुसार उनिहरुलाई अस्पताल जाने क्रममा आज बिहान साढे आठ बजे तिर घर नजिकैको अरङखोलाले बगाएको थियो। देवीसराको शव माण्डवी २ ढिकावनमा फेला परेको प्युठान प्रहरीले जनाएको छ।

खोलामा बेपत्ता भएका दुई जनाको अवस्था अझै अज्ञात छ । सुरक्षाकर्मी र स्थानिय मिलेर बेपत्ताहरुको खोजीकार्य गरिरहेको प्रहरी निरीक्षक गैरेले बताए। सोमबार देखि जिल्लामा निरन्तर पानी परेकाले खोला र नदिहरुमा पानीको बहाव बढेको छ। खोला तथा नदीमा पानीको बहाव बढेसँगै स्थानीय प्रशासनले नागरिकलाई सचेत रहन अपिल गरेको छ ।

Blog Post Ad Blog Post Ad