Ad Area

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या !


सल्यान ३, कार्तिक। सल्यानमा मंगलबार राती धारिलो हतियार प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

श्रीमतीको हत्या गर्ने जिल्लाको कुमाख गाउँपालिका वडा नं. ५ तिमिलेका ४७ वर्षीय कविराम खड्का रहेको सल्यान प्रहरीले जनाएको छ । उनले ४२ वर्षीया श्रीमती कली खड्कालाई धारिलो हतियार बसुलो प्रहार गरी हत्या गरेका हुन् ।

अत्यधिक मदिरा सेवन गरेका खडकाले घरायसी विवाद हुँदा श्रीमतीलाई धारिलो हतियार टाउको र घाँटीमा प्रहार गरी हत्या गरेको सल्यान प्रहरीले बताएको छ । खडकालाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।

Blog Post Ad Blog Post Ad