Ad Area

शान्तिनगर गाउँपालिका स्तरीय निवृत्त शिक्षक समाज गठन


घोराही, २५ असार ।  नेपाल निवृत्त शिक्षक समाजले पालिका स्तरीय अधिवेशन अभियान जारी राखेको छ । जिल्लाका अधिकांश पालिकामा अधिवेशन गरिसकेको समाजले शुक्रबार शान्तिनगर गाउँपालिका स्तरीय नेपाल निवृत्त शिक्षक समाजको अधिवेशन गर्दै नयाँ नेतृत्व चयन गरेको छ ।
समाजका जिल्ला अध्यक्ष गोविन्द पौडेलको सभाअध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष शंकरदिवश मजगैयाँको प्रमुख आतिथ्यता एवं श्री विपी मावि बयाले सिमताराका विद्यालय व्यवस्थापन समिति अध्यक्ष शशीधर केसीको विशिष्ट आतिथ्यतामा भएको अधिवेशनले २ सदस्य पछि थप गर्ने गरी ९ सदस्यीय कमिटी गठन गरेको छ । जसको अध्यक्षमा नन्दलाल पाण्डेय चयन हुनुभएको छ ।

उपाध्यक्षमा चक्रबहादुर वली, सचिवमा टेकबहादुर पाण्डेय, कोषाध्यक्षमा पंक्षीराज कँडेल चयन हुनुभएको छ । सदस्यमा शेरबहादुर वली, कृष्णबहादुर वली, ठाकुरप्रसाद केसी, तिलबीर वली र भरतराज शर्मा सर्वसम्मत रुपमा चयन हुनुभएको छ । महिला उपाध्यक्ष र, महिला सदस्य पछि चयन गरिने भएको छ ।

सो अवसरमा प्रमुख अतिथि मजगैयाँले सेवा निवृत्त शिक्षकहरुको हकहीतका बारेमा वकालत गर्नुका साथै मुलुकको शैक्षिक उन्नतिका लागि समाजले खबरदारी गर्दै आएको बताउनुभयो । समाजमार्फत समुदायमा ज्ञान, सिप र अनुभव प्रदान गर्दै समुन्नत समाज निर्माणमा समाजले सदैव पहरेदारी गर्ने पनि उहाँको भनाई थियो ।

यही अभियानमा गोलवद्ध हुन आम निवृत्त शिक्षकहरुलाई उहाँको अपिल थियो । कार्यक्रममा विपी मावि बयाले सिमताराकी प्रधानाध्यापक तुलसी कुमारी गिरी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष शशीधर केसीलगायतले आफ्ना अनुभवसहित विचार राख्नुभएको थियो । समाजका जिल्ला उपाध्यक्ष पद्मप्रसाद शर्माको विषय प्रवेश एवं स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण जिल्ला कोषाध्यक्ष खुमानन्द अधिकारीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad