Ad Area

राप्ती वचतद्वारा संस्थाको वर्तमान अवस्था र आगामी कार्ययोजना बारे अन्तरक्रिया


घोराही, २५ असार । घोराहीमा रहेको राप्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अन्तरक्रिया कार्यक्रम गरेको छ । संस्थाको वर्तमान अवस्था र आगामी कार्य योजना बारेमा अन्तरक्रिया गरिएको हो ।

संस्थाका सदस्य तथा शिक्षा उपसमितिका संयोजक लीलाधर शर्मा पन्थीको अध्यक्षतामा शुक्रबार संस्थाको वृहत्तर विकास तथा संस्थागत सुधारका बारेमा वृहत अन्तरक्रिया भएको थियो ।

पहल बहादुर डाँगीको स्वागत एवं विषय प्रवेशबाट शूरु भएको कार्यक्रममा पूर्व संचालक समिति सदस्य डा. बिन बहादुर ओली र भुपाल गिरीले निक्षेप लगानी, शाखा प्रमुखको रिपोर्ट, व्यवस्थापन तथा संस्थामा कर्जा रिन्यूअल, कर्मचारीका बारेमा जानकारी गराउनुुभएको थियो ।

आर्थिक अनुशासन कायम गर्दै प्रविधिमा आधारित द्रुत सेवादेखि सेवाग्राहीलाई सरल र सहज सेवा प्रदान गर्ने सवालमा कसरी अघि बढ्न सकिन्छ भन्ने लगायत विषयमा विमर्श भएको हो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता रेवतीरमण शर्मा, संस्थापक अध्यक्ष ओमभक्त बुढाथोकी, नागरिक समाज दाङका निवर्तमान संयोजक चन्द्रराज पन्त, डा. अर्जुन बुढाथोकी,  बमबहादुर डिसी लगायतको बोल्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad