Ad Area

दाङमा विषालु च्याउँ खादा ६ जना बिरामी


दाङ,२५ असार । दाङमा विषालु च्याउँ खादा ६ जना बिरामी भएका छन् । शनिवार विहान जंगलमा भेटेको च्याउँ ल्याएर खादा दुई घरका ६ जना विरामी भएका हुन । उनीहरु मध्य तीन जनाको अवस्था गम्भीर रहेको छ ।

बिषालु च्याउँ खाएर बिरामी हुनेमा घोराही उपमहानगरपालिका–११ खैरा निवासी निवासी ४२ बर्षीय भोला विसी, उनकी छोरीहरु २० बर्षीय सोनी विसी र १५ बर्षीय पविता विसी बिरामी भएका हुन ।

त्यसैगरी घोराही उपमहानगरपालिका–१२ निवासी ४२ बर्षीय लालबहादुर बस्नेत,उनकी श्रीमती ४० बर्षीया शान्ता बस्नेत र छोरा १६ समिर बस्नेत गम्भीर विरामी भएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले शनिवार विहान जंगलमा भेटेको च्याउँ घरमा ल्याएर पकाएर खाएका थिए । विरामीहरुको घोराही स्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

Blog Post Ad Blog Post Ad