Ad Area

राष्ट्रिय उद्योग व्यापार संघ दाङ गठन


दाङ, २५ असार । राष्ट्रिय उद्योग व्यापार संघ दाङ गठन गरिएको छ । विष्णुप्रसाद रिजालको अध्यक्षतामा ९ सदयीय समिती गठन गरिएको हो ।

जसको उपाध्यक्ष कृष्ण घिमिरे, सचिवमा श्रीधर पोख्रेल, कोषाध्यक्षमा लोकराज पोख्रेल रहेका छन् । समितीका सदस्यहरुमा हरि पोख्रेल, राजेश्वर चौधरी, गोविन्द रोका रहेका छन् । भेला राष्ट्रिय उद्योग व्यापार महासंघका लुम्विनी प्रदेश सदस्य कृष्ण पोख्रेलको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज समिर राष्ट्रिय उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य मधुसुदन बैद्य लगाएतकाले भनाइ राखेका थिए । भेलाले संगठन विस्तार अभियानलाइ सशक्त वनाउदै दाङका सबै व्यापारीक केन्द्र र स्थानिय निकायमा संगठन विस्तार तथा निर्माण गर्न निर्णय गरेको छ ।

Blog Post Ad Blog Post Ad