Ad Area

मुक्तिनाथ विकास बैंकद्वारा धारापानी मन्दिरमा प्रतिक्षालय निर्माण


घोराही, २६ असार । मुक्तिनाथ विकास बैंक लिमिटेड शाखा कार्यालय घोराही, दाङले धारापानी मन्दिर परिसरमा भक्तजनहरुका लागि विश्राम गर्न सहज होस् भन्दै प्रतिक्षालय निर्माण गरिदिएको छ ।

बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत हरिशयनी एकादशी अर्थात तुलसी राप्नेको दिनको अवसर पारेर बैंकले आईतबार एक औपचारिक कार्यक्रम गरी घोराही उपमहानगरपालिका वडा नम्बर ५ स्थित पाण्डवेश्वर महादेव मन्दिरमा भक्तजनको सहजताका लागि प्रतिक्षालय निमार्ण गरी हस्तान्तरण गरेको हो ।

घोराही शाखा प्रमुख बिकास केसीको अध्यक्षता तथा पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम गरी प्रतिक्षालय हस्तान्तरण गरिएको हो ।

सो अवसरमा मन्दिर व्यवस्थापन समिति अध्यक्ष अधिकारीले सामाजिक भावले सेवा गर्दै आएकाहरुको सहयोगबाट पाण्डवेश्वर मन्दिरमा धेरै पूर्वाधार निर्माण भएको जानकारी गराउँदै मुक्तिनाथ विकास बैंकले गरेको कामले मन्दिर व्यवस्थापन समिति परिवार हर्षित भएको बताउनुभयो ।

ऐतिहासिक एवं धार्मिक धरोहरका रुपमा रहेको धारापानी पाण्डवेश्वर मन्दिर दर्शन गर्न आउने भक्तजनको विश्वास केन्द्र बनेको हुँदा सबैले यसको प्रचार–प्रसार गर्नुका साथै सामाजिक काममा योगदान गर्दै पुन्य काममा जोड्नु पर्ने बताउनुभयो ।

Blog Post Ad

कार्यक्रममा मन्दिर व्यवस्थापन समितीका तर्फबाट अध्यक्ष अधिकारीसहित उपाध्यक्ष शंकर गौतम, सचिव विष्णुराम आचार्य, लेखा तथा प्रशासन प्रमुख नरेश पौडेल, कोषाध्यक्षमा बोधीलाल शर्मा, सहसचिव निमबहादुर चौधरी र सदस्य धनपति शर्मालगायत सहभागी हुनुभएको थियो भने बैंकका तर्फबाट शाखा प्रमुख केसीसहित डेक्स प्रमुख राजकुमार चौधरी, ग्राहक सेवा विभागका सुरक्षा आचार्य पोख्रेल, कर्जा सहायक विवश घर्ती मगर पनि सहभागी हुनुभएको थियो ।

Blog Post Ad Blog Post Ad