Ad Area

घोराहीमा पानीको अभाव हुन दिदैनौँ : अध्यक्ष डिसी


दाङ,२८ असार । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष देवीबहादुर डिसीले घोराहीमा खानेपानीको अभाव हुन नदिने बताएका छन् ।

संस्थाको आठौं अधिवेशन अन्तर्गत सम्मपन्न निर्वाचनबाट नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सपथ तथा पद हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष डिसीले पानीको सहज व्यवस्थापनमा कुनै कमजोरी हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

घोराही क्षेत्रमा सम्भाव्य पानीको अभावलाई परिपूर्ति गर्नका लागि बबईबाट पानी लिफ्टिङ गरी घोराही क्षेत्रमा ल्याने योजना रहेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण समयमै बबईको पानी लिफ्टिङ गरी व्यवस्थापन गर्ने कार्य सम्पादन गर्न सकेनौँ ।

अब तत्काल यो योजना सुरू हुन्छ अध्यक्ष डिसीले बताए । शुद्ध पानी उपलब्धताका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना संस्थाको रहेको डिसीले बताए । घोराही क्षेत्रमा पानीको अभाव हुन नदिने आफ्नो जीवनभरिको सपना रहेको अध्यक्ष डिसीले बताए ।

कार्यक्रममा नेकपा एमाले दाङका जिल्ला सदस्य विवेक श्रेष्ठ, नेपाली काङ्ग्रेस महासमिति सदस्य भूपबहादुर डाँगी, नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य , नेकपा एकीकृत समाजवादी दाङका गुरूप्रसाद केसी महरा, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, जिल्ला समन्वय समिति दाङका सदस्य जुनु बुढा ,नेपाल पत्रकार,महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी , तुलसीपुर खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भणडारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख निर्वाचन अधिकृत दिपक कुमार रेग्मीले पद तथा गोपनियताको सपथ गराएका थिए ।

Blog Post Ad

संस्थाको हालै सम्पन्न निर्वाचनबाट देवीबहादुर डिसी देवी वकिल अध्यक्षमा निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डेय, महिला उपाध्यक्षमा हेमन्ती रोका मगर, सचिवमा धर्मेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा ध्रुव केसी निर्वाचित भएका हुन् । महिला सदस्यमा खुमा खड्का , विन्दु पाण्डेय र यशोदादेवी पाण्डेय निर्वाचित भएका हुन् । खुला सदस्यमा किशोर आचार्य, युवराज आचार्य र दिनेश वली निर्वाचित भएका हुन् ।

कार्यक्रम प्रमुख निर्वाचन अधिकृत दिपक कुमार रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । निर्वाचन अधिकृत भूपबहादुर केसीको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजीकरण निर्वाचन अधिकृत निर्मल गौतमले गरेका थिए ।

Blog Post Ad Blog Post Ad