Ad Area

१८ वर्षमाथिका ३२.६ प्रतिशत जनसंख्याले लगाए कोभिड–१९ विरुद्धको पूर्ण खोप


काठमाडौं ३, कार्तिक । नेपालमा १८ वर्षमाथिका ३२.६ प्रतिशत जनसंख्याले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकानुसार ६४ लाख ८५ हजार ९२३ जनाले दुवै डोज खोप लगाएका छन् ।

त्यस्तै, १८ वर्षमाथिका ४३ प्रतिशत (८५ लाख ६२ हजार ३६५ जना) ले पहिलो डोज खोप लगाएको मन्त्रालयको तथ्यांक छ । सरकारले यही वर्षको अन्त्यसम्म कुल जनसंख्याको ७२ प्रतिशत अर्थात् दुई करोड १५ लाख जनसंख्यालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ ।

नेपालमा अक्सफोर्ड अस्ट्राजेनेका, कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप प्रयोग भइरहेको छ ।

Blog Post Ad Blog Post Ad