Ad Area

नीति कार्यान्वयनमा जोड दिन्छुः स्वास्थ मन्त्री चौधरी


दाङ, ३ कार्तिक ।

लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत चौधरीले राज्यको निती कार्यान्वयमा आफु लागि पर्ने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन ।

राज्यको निती कार्यान्वयन नहुदा धेरै समस्या हुने गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि आफु अगाडि वढने उनको भनाइ रहेको छ । ‘सबैले आफनो जिम्मेवारी पुरा गर्नु पर्दछ जिम्मेवारी पुरा नगर्दा समस्या भएको छ’ मन्त्री चौधरीले भने । राज्यका निती कार्यान्वयन गराउनका लागि नागरिकले पनि सहयोग गर्नु पर्ने उनले बताए ।

प्रदेशको स्वास्थ्य अवस्थाको बारेमा तथ्याङक समेत नभएको हुदा कुन अवस्थामा रहेका छौ भनेर पहिचान गर्न समेत समस्या भएको मन्त्री चौधरीको भनाइ छ । स्वास्थ्य अवस्थाको वारेमा पहिचान गरे अगाडि वढने उनले बताए । ‘प्रदेश सरकारले दिने उपचार खर्च प्रदेशमा नै उपचार गर्न खर्च हुने गरि स्वास्थ्य सेवा लाई अगाडि वढाइने छ’ मन्त्री चौधरीले भने ।

एउटा क्षेत्रमा समस्या हुदा अन्य क्षेत्रमा समेत समस्या हुने भएकाले सुधार गरेर अगाडि वढनु पर्ने बताए । सबै मिलेर स्वास्थ्य क्षेत्रको विकासमा लाग्नु पर्ने उनको भनाइ रहेको छ । ‘विगाने होइन सहयोगिको भुमिका खेल्न आवस्यक छ ’ मन्त्री चौधरीले भने । कार्यक्रममा संघका उद्योग उपाध्यक्ष अनिल आचार्यले जिल्लाको विकासका लागि संघले थालेका तथा अन्य विकासका आयोजना अगाडि वढाउन पहल गर्ने आग्रह गरेका थिए ।

कार्यक्रम संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा भएको थियो । संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad