Ad Area

धर्ना साना किसान सहकारीको भवन उद्घाटन


दाङ,२९ असार । घोराहीउपमहानगरपालिका–५ बसन्तापुरमा निर्माण गरिएको धर्ना साना किसान कृषि सरकारी सस्था लिमिटेडको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । भवनको उद्घाटन घोराही उपमहानगरपालिका नगरप्रमुख नरूलाल चोैधरी र उपप्रमुख हुमा कुमारी डिसीले रिवन काटेर गरेका हुन ।

धर्ना साना किसान कृषि सहकारी सस्थाका अध्यक्ष शिवा कार्कीको अध्यक्षता एवं नगर प्रमुख नरूलाल चोैधरीको प्रमुख आतिथ्यता र उपप्रमुख हुमा डिसीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख चोैधरी सहकारी भनेको जनता आफैले अवसर लिनको लागि खोलेको बैङ्क भएको हुँदा जनतालाई समृद्धिको यात्रामा अगाडी बढाउन सहकारीले भुमिका खेलेको बताएका थिए ।

नगर प्रमुख चौधरीले सहकारीले व्यक्तिको जीवनमा परिवर्तन ल्याएको बताए । उनले सहकारीका सदस्यहरूले ऋण लिएरै भएपनि बजारको माग अनुसारको उत्पादनमा जोड दिन सुझाव दिएका थिए । कार्यक्रममा बिशिष्ट अतिथि एवम् नगर उपप्रमुख हुमा कुमारी डिसीले कृषि सरकारीलाई सहकारी ऐनले कारोवार गर्नको लागि सिमित दायरा तोकेको भएपनि ग्रामिण क्षेत्रमा छरिएर रहेको पुँजीलाई एकिकृत गर्नको लागि साना कृषि सरकारीले पुजि संकलनलाई पनि निरन्तर दिनुपर्ने बताएकी थिइन ।

उनले सहकारीेले राम्रो काम गरे सरकारी निकायले उचित सम्बोधन गर्ने समेत बताइन । सहकारीलाई कार्ययोजना बनाएर काम गर्न सुझाव दिदै कार्ययोजना अनुसार काम गरेर सहकारीले किसानलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन । साथै उनले कृषि सरकारीले आफ्नै भवन निर्माण गरेर आत्मनिर्भर बनेको भन्दै बधाई दिएकी थिइन ।

Blog Post Ad Blog Post Ad