Ad Area

झिंग्नीका किसानलाई अनुदान


पार्वती बस्नेत
दाङ,२९ असार । सुधार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड घोराही–३ झिङ्घनीले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान अन्र्तगत खसी बोेका बिक्रीमा अनुदान बितरण कार्यक्रम सम्पन्न गरेको छ ।

सुधार सामाजिक उद्यमी महिला सहकारी संस्था लिका अध्यक्ष निलक्वारी चौधरीको अध्यक्षता तथा भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दाङका प्रमुख सुदाम भट्टको प्रमुख आतिथ्य एंव वडा नं. अध्यक्ष रामप्रसाद चौधरीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले प्रोत्साहन स्वरुप प्रदान गरिने अनुदानले महिला उद्यमी बृद्धिका साथै समुदायलाई कृषितर्फ आर्कषण गर्ने गरेको बताए । उनले आर्थिक रुपमा संकटमा पर्न थालेतापनि कृषकहरुको उत्पादनसँगै महिला उद्यमीहरुको बृद्धिले देशलाई आत्मनिर्भरतातर्फ उन्मुख गर्न सहयोग गर्ने बताए ।

कार्यक्रममा घोराही–३ का अध्यक्ष रामप्रसाद चौधरीले आफनो वर्डालाई कृषिमा आत्मनिर्भर र आर्थिक रुपमा सबल बनाउन सहयोग कार्यक्रम आवश्यक रहेको बताए । साथै उनले प्रोत्साहनमा आधारित अनुदान कार्यक्रमले महिलाहरुलाई आत्मनिर्भर बन्न सहयोग पु¥याउने बताएका हुन ।

कार्यक्रममा बोल्दै ग्रामीण महिला उत्थान केन्द्र दाङका सदस्य माधवा पोख्रेलले बिगतमा परियोजना मार्फत सहकारीलाई सबलीकरणका लागी अहम भुमिका निर्वाह गर्दै आएको बताइन । साथै उनले परियोजनामार्फत नै सहकारीलाई बजार लगायत बिभिन्न संघ,संस्था तथा सरोकारवाला निकायसम्म पहुँच पुराउनका लागी आफुहरुले महत्वपूर्ण सहयोग गरेको बताइन ।

सहकारी सस्थाका सचिव कमला वलीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका योजना प्रमुख कृष्ण न्यौपाने, महिला उद्यमी साबित्रा वलीलगायतले बोलेका थिए ।

Blog Post Ad

प्रदेश सरकार अन्तर्गत भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रमार्फत सहकारीबाट खसी बोका बिक्री गरेका ३२ जना उद्यमी दिदिबहिनीहरुलाई प्रतिकिलो २५ रुपैयाका दरले पाउने अनुदान रकम किसानको खातामा जम्मा गरिदिएको सहकारीका सहब्यवस्थापक सम्झना श्रेष्ठले बताइन ।

३२ जना किसानले खसी बोकाको जम्मा अनुदान रकम १ लाख ८७ रुपैया सहकारीको खातामा आएको सहब्यवस्थापक श्रेष्ठले कार्यक्रममा जानकारी गराएकी थिइन । कार्यक्रमको सहजीकरण सहकारीका ब्यवस्थापक अनिता चौधरीले गरेकी थिइन ।

Blog Post Ad Blog Post Ad