Ad Area

मनिषाको गजल संग्रह वसन्त ऋतुको समिक्षा


दाङ, ३२ असार । गजलकार मनिषा गिरीको गजल संग्रह वसन्त ऋतुको समिक्षा गरिएको छ । राप्ती साहित्य परिषद् दाङको आयोजनामा नियमित कृति समिक्षा कार्यक्रम अन्तर्गत १८४ औं शृङ्खलामा गजलकार गिरीको कृति वसन्त ऋतुको समिक्षा गरिएको हो ।

राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष तथा समिक्षक टिकाराम उदासीले गजलहरुमा निकै राम्रो प्रयास भएको बताउनुभयो । उहाँले शब्दहरुलाई सचेत भएर मात्र छान्न पनि सुझाव दिनुभएको छ ।

गजलहरुमा देश प्रेम, माया प्रेम र सचेतना मुलक सन्देश भेटिने बताउनुभयो । उहाँको गजलमा थुप्रै मिठास भएको भन्दै आगामी दिनमा अझै अगाडी बढ्न शुभकामना पनि दिनु भएको छ ।

राप्ती साहित्य परिषद् दाङका अध्यक्ष दिपक समिरको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य डाक्टर गोबिन्द आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

राप्ती साहित्य परिषद्का सदस्य बिना रोकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला शाखाका कोषाध्यक्ष यम रेग्मीले गर्नु भएको हो ।

कार्यक्रममा परिषदका केन्द्रीय कोषाध्यक्ष डाक्टर खेमराज मल्ललाई बधाई एवं सम्मान गरिएको छ । मल्लले गणित विषयमा बिद्यावारीधी गरेको भन्दै परिषदका अध्यक्षलगायतका सहभागी स्रष्टाहरूले दोसल्ला ओढाई अबिर लगाइ बधाई तथा सम्मान गरेका हुन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad