Ad Area

घोराहीमा गोठ भत्किदा एक बालिकाको मृत्यु !


दाङ, ३२ असार  । दाङको घोराहीमा गोठ भत्किदा एक बालिकाको मृत्यु भएको छ ।

घोराही उपमहागनरपालिका वडा नं. ९ मा शनिबार बिहान सवा ७ बजेतिर माटोले बनेको गोठ भत्किदा त्यसमा परि घाइते २ बर्षीया बालिकाको मृत्यु भएको हो ।

स्थानीय इब्राहिम मियाकी २ बर्षीया छोरी अबिता खातुनको उपचारका क्रममा मृत्यु भएको थियो ।

गम्भीर घाइते ती सिशुलाई उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सन्दिप बेलबासेले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad