Ad Area

जनमोर्चाले संगठन विस्तार तथा सुदृढिकरण अभियान चलाउने


घोराही, ६ साउन । राष्ट्रिय जनमोर्चा दाङले संगठन विस्तार तथा सुदृढिकरण अभियान चलाउने भएको छ । आगामी साउन १५ गतेदेखि असोज मसान्तसम्म संघीयताको खारेजी र राष्ट्रियताको रक्षाका लागि संगठन सुदृढ तथा बिस्तार अभियान संचालनको तयारी भएको राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले जानकारी दिनुभयो ।

राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा घोराहीमा बसेको बैठकले संघीयताको खारेजी राष्ट्रियताको रक्षा र संगठन विस्तार तथा सुदृढिकरण अभियान चलाउने निर्णय गरेको छ । बैठकले एमसिसी, एसपिपी र नागरिकता विधेयक लगायत राष्ट्रघाती कदमले राष्ट्रियता कमजोर बन्दै गएकाले अभियान चलाउने बारे निर्णय गरेको जनाएको छ ।

अभियान अन्तर्गत साउन मसान्तभित्र सबै पालिकाको बैठक बस्ने, भदौ १ गतेदेखि १५ गतेसम्म जिल्लाका सबै वडा समितिको बैठक बस्ने र भदौ १६ गतदेखि मसान्तसम्म सम्पूर्ण टोलहरुको भेला गरी समिती बनाउने र असोज महिना भर जनभेटघाट कार्यक्रम संचालन गर्ने निर्णय भएको अध्यक्ष आचार्यको भनाई छ ।

यस्तै, वर्षाको मौसम रहेकाले विभिन्न प्राकृतिक प्रकोपहरु हुन सक्ने हुँदा सतर्क हुन जिल्लाबासीलाई अपिल गर्दै प्रकोपका बेला हुन सक्ने सम्भावित जोखिम कम गर्न राहत र उद्दारको तैनाथी अवस्थालाई चुस्त दुरुस्त पार्न बैठकले सम्पुर्ण कार्यकर्तालाई निर्देशन पनि दिएको छ ।
दैनिक उपभोग्य बस्तुमा भएको मुल्यवृद्धि फिर्ता गर्न र रासायनिक मलको तत्काल व्यवस्था गर्न माग गर्दै साबिक बेला र राजपुरको ठूलो भू–भागको सिंचाइँ हुने गरि दङगाली छाप सिंचाइँ कुलो आयोजना अगाडी बढाउन पनि अपिल गरेको छ ।

Blog Post Ad Blog Post Ad