Ad Area

घोराही खानेपानीका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान


घोराही, ६ असार । दाङ महिला जेसीजले घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरेको छ । संस्थाको आठौँ अधिवेशनमार्फत असार २५ गते भएको निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई सम्मान गरिएको हो ।

महिला जेसीजकी अध्यक्ष शारदा घर्तीको अध्यक्षता तथा घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका नवनिर्वाचित अध्यक्ष देवीबहादुर डिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नवनिर्वाचित पदाधिकारीलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

बढ्दो बजारीकरणसँगै खानेपानीको समस्या बढ्दै गएकाले आगामी दिनमा पानीको समस्या नहुने गरी दीगो व्यवस्थापनमा ध्यान दिन आग्रह गरिएको थियो । सो अवसरमा, प्रमुख अतिथि डिसीले आफु नेतृत्वको कार्यसमितिले अबको समय सहज खानेपानी आपूर्तिमा केन्द्रित हुने बताउनुभयो ।

संस्थामा लगातार सातौँ कार्यकालका लागि निर्वाचित हुनु भएका अध्यक्ष डिसीले लामो समयको प्रयासपछि बबई लिफ्टिङ आयोजना संचालन गर्ने गरी काम अघ बढ्न लागेकाले घोराहीमा आगामी दिनमा खानेपानीको समस्या नहुने विश्वास दिलाउनुभयो । सबैको साथ सहयोग र सहकार्यबाट आफुहरु अघि बढ्ने उहाँको भनाई थियो ।

तालिम निर्देशक दिलु मल्लले आस्थापाठ गराउनु भएको कार्यक्रममा महिला जेसीजका पूर्व अध्यक्ष डोमा पाण्डेलगायतले बोल्नुभएको थियो । कानुनी सल्लाहकार अनिता ढकालको स्वागत मन्तव्यबाट शुरु भएकाे कार्यक्रमको सहजीकरण महासचिव नारायणी भण्डारीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad