Ad Area

एसईईको नतिजा सार्वजनिक, उच्च जिपिए ल्याउनेको स‍ंख्या ९ हजार ६ सय ३३ 


घोराही, ११ साउन । माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो । उच्च जिपिए ३.६ देखि ४.० ल्याउनेको स‍ंख्या ९ हजार ६ सय ३३ रहेको बोर्डले जनाएको छ ।

गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा पाँच लाख १४ हजार नौ सय ७७ परीक्षार्थी सहभागी थिए । तीमध्ये दुई लाख ५७ हजार नौ सय २४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र छन् । उनीहरूले दुई हजार सात परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन् ।

यता, दाङमा माध्यमिक शिक्षा परिक्षा एसईईमा १३ हजार बढी विद्यार्थी सहभागी भएका थिए । शिक्षा विकास तथा समन्वय इकाइ दाङका अनुसार नियमित साधारण धारतर्फ १२ हजार ७ सय ८ जना, प्राविधिक धारको नियमित समूहतर्फ ३ सय ५० जना र ग्रेड वृद्धि तर्फ ९३ जना गरी कुल १३ हजार १ सय ५१ जना विद्यार्थी यस पटकको एसईईमा सहभागी भएका थिए ।
समन्वय इकाई प्रमुख मित्रप्रसाद गौतमले नियमित तर्फ ६ हजार २० जना छात्र र ६ हजार ६ सय ८८ जना छात्रा परीक्षामा सामेल भएको जानकारी दिएका छन् । जिल्लाभरका कुुल २ सय २५ विद्यालयमध्ये संस्थागत विद्यालयका ४ हजार ६ सय ९० मध्ये २ हजार १ सय ८२ छात्र र २ हजार ५ सय ८ छात्रा रहेका छन् ।

यस्तै, सामुदायिक विद्यालयका ८ हजार १८ विद्यार्थी मध्ये ४ हजार ५ सय ६ छात्र र ३ हजार ५ सय १२ छात्रा परीक्षामा सामेल भएका थिए ।

Blog Post Ad Blog Post Ad