Ad Area

गोरखा माविका उत्सव एसईईमा दाङ उत्कृष्ट


दाङ, १२ साउन । माध्यमिक शिक्षा परीक्षा एसईईमा दाङको घोराहीस्थित गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलका छात्र उत्सव घिमिरे जिल्ला उत्कृष्ट भएका छन ।

एसईई २०७८ मा सहभागी भएका विद्यार्थीमा छात्र घिमिरेले सबैभन्दा बढी जिपिए ३.९५ लिएर जिल्लामै उत्कृष्ट भएका हुन् । लगनशील, परिश्रमी तथा मेहनति घिमेरे पढाइमा अब्बल विद्यार्थी हुन् ।

‘उत्सव सानैदेखि पढाइमा अब्बल हुन् । पाठ्यक्रम तथा पाठ्यपुस्तकका विषयमा कक्षा कोठामा नै छर्लङ्ग हुने उनको स्वभाव छ । पढाइलाई जहिले पनि पहिलो प्राथमिकतामा राख्ने र त्यसै बमोजिम काम गर्ने उनको स्वभाव साच्चिकै लोभ लाग्दो छ’,प्रिन्सिपल मानसिं घर्तीले बताए ।

‘आज मैले प्राप्त गरेको सफलता मेरो मेहनत होला, त्यो आफ्नै ठाउँमा छ । तर, मलाई यो सफलता प्राप्त दिलाउन अहोरात्र खट्ने मेरा गुरु तथा अभिभावक पनि त्यतिकै महत्त्व छ । मेरा गुरु, अभिभावको सहयोगका कारण नै मैले आज यो सफलता प्राप्त गरेको छु, सबैप्रति म कृतज्ञ छु ’,विद्यार्थी उत्सवले भने,‘ आगामी दिनमा समेत मेहनत गरेर पढ्ने छु ।’

Blog Post Ad Blog Post Ad

Blog Post Ad