Ad Area

अरनिको, न्यू होराईजन र ज्ञानज्योती सेमिफाइनलमा


दाङ,१३ साउन । अरनिको मावि, न्यु होराईजन र ज्ञानज्योती कलेज दाङको तुलसीपुरमा जारी अन्तर कलेजस्तरिय खुला पुरुष भलिबल प्रतियोगिता २०७९ को सेमिफाइनलमा प्रवेश गरेका छ्न् ।

राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङको आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा संचालित प्रतियोगिताको बिहिबार सम्पन्न खेलमा भिमसेन मावि सैवाङ रोल्पालाई २३–२५,२५–२१,२५–१८ अर्थात २–१ को सेटमा पराजित गर्दै अरनिको मावि नुवागाँउ रोल्पा सेमिफाइनल प्रवेश गरेको हो ।

त्यस्तै राप्ती प्राबिधिक शिक्षालय लालमटियालाई २५–८,२५–८ को सोझो सेटमा पराजित गर्दै न्यु होराईजन बुटवल रुपन्देहीले सेमिफाइनल यात्रा सुरक्षित गर्‍यो । उल्लेख्य दर्शकको उपस्थितिमा भएको तेस्रो क्वाटर फाईनलमा शिदेश्वरी माबी रुपन्देही लाई २९–२७ र २५–१२ को सोझो सेटमा पराजित गर्दै ज्ञानज्योती कलेज तुलसिपुरले सेमिफाइनल यात्रा तय गरेको हो ।

प्रतियोगिता अन्तरगत शुक्रबार बिहान बागेश्वरी एकाडेमी कोहलपुर बाके र मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिमबिच अन्तिम क्वाटर फाईनल खेल हुनेछ । खेल बिहान ८ बजे हुनेछ । यसैबिच सुक्रबार बिहान हुने प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा अरनिको माबी नुवागाउ रोल्पा र ज्ञान ज्योती कलेज तुलसिपुर भिड्नेछन् भने अन्तिम क्वाटर फाईलको बिजेता संग न्यु होराईजन रुपन्देही सेमिफाइनलमा भिड्ने राप्ती किङ प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले जानकारी दिएका छन् ।

प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार,१ सय ११ रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्ने प्रतियोगिता मुल आयोजक समितिका सदस्य सन्तोष राना ले जानकारी दिनु भएको छ ।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडी लाई पुरस्कृत गरिनेछ । सर्बोउत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर,सर्बर, स्पाइकर र लिब्रो लाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

Blog Post Ad

प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ छ । त्यसैगरी उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार १ सय ११ रुपैयाँ, मेडल तथा प्रमाणपत्र हात पार्ने प्रतियोगिता मुल आयोजक समितिका सदस्य सन्तोष रानाले जानकारी दिएका छन् ।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत बिधातर्फ खेलाडीलाई पुरस्कृत गरिनेछ । जस अनुसार सर्वोउत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर,सर्वर, स्पाइकर र लिब्रोलाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad