Ad Area

बृहत यौतिकता शिक्षा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न


घोराही, २७ साउन । अन्तर पुस्ता सिकाई र बृहत यौनिकता शिक्षा विषयक अन्तरक्रिया कार्यक्रम घोराहीमा  सम्पन्न गरिएको छ । अन्तर्राष्ट्रिय युवा  दिवस २०२२ को पुर्वसन्ध्यामा नेपाल परिवार नियोजन संघ दाङको आयोजना तथा महेन्द्र बहुमुखी क्याम्पस घोराहीको संयोजनमा शिक्षा संकायमा अध्ययनरत विद्यार्र्थीहरुसँग बिहीबार अन्तरपुस्ता सिकाई र बृहत यौनिकता शिक्षा विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

क्याम्पसका प्राध्यापक समीरमणी गौतमको अध्यक्षता तथा सहायक क्याम्पस प्रमुख मनोज चौधरीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी चौधरीले गुणस्तरीय जीवनका लागी मानिस स्वस्थ्य हुन आवश्यक रहेको बताउनुभयो । मानिस स्वस्थ्य रहनका लागि यौनिकता शिक्षाको पनि अह्म भुमिका  रहने बताउनुभयो ।

यस्तै नेपाल परिवार नियोजन संघ दाङ शाखाका प्रबन्धक बसन्त खानालले यौनिकता शिक्षा अन्तरगत शारीरिक, मानसिक, सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक, नीतिगत, काननी, ऐतिहासिक र धार्मिक पक्षहरुलाई समेटिने हुँदा सफल जीवनका लागी युवाहरुलाई यसबारे ज्ञान हुन अन्यन्तै आवश्यक रहेको बताउनुभयो । उहाँले अहिलेका युवाहरुले म को हूँ भनेर आफुलाई चिन्न सक्नु  पर्ने बताउनुभयो । आफ्नो क्षमतालाई पहिचान गर्दै अन्तरपुस्ता हस्तान्तरण अन्तरगत ज्येष्ठ नागरिकहरुबाट सकारात्मक कुरा सिको गर्नु पर्ने बताउनुभयो ।

यस्तै स्वास्थ्य विषयका प्राध्यापक शोभाकान्त अधिकारीले यौनिकता शिक्षा लिनका लागि अवको युवा पुस्तामा जिज्ञासा  र चासो बढ्नु पर्ने बताउनु भयो । उहाँले सफल जिवनका लागि यौनिकता शिक्षा लिनु पर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण क्याम्पसका  प्राध्यापक मोहन रानाले गर्नुभएको थियो । युवामैत्री विश्व निर्माणका लागि अन्तरपुस्ता ऐक्यवद्धता भन्ने नाराका साथ यसवर्ष आज शुक्रबार दिवस मनाउन लागिएको छ ।

Blog Post Ad Blog Post Ad