Ad Area

विश्व ह्विल चियर यात्री कार्की दाङमा, यात्राका लागि सहयोगको अपिल


घोराही, २७ साउन । बस दुर्घटनामा परी दुवै खुट्टा गुमाएका विश्व ह्विल चियर यात्री तेजबहादुर कार्की दाङ आइपुग्नुभएको छ । उहाँ पश्चिम नेपालको यात्रामा निस्कने क्रममा बिहीबर दाङ आइपुग्नुभएको हो । ५७ वर्षीय कार्कीको दुई वटै खुट्टा छैनन् ।

२०६१ सालमा धादिङमा भएको बस दुर्घटनामा दुई खुट्टै गुमाएपछि कार्कीले २०५७ सालदेखि ह्विल चियरमा विश्व यात्रा गर्न निस्कनुभएको थियो । विश्व शान्तिका लागि उहाँ ह्विल चियरमै यात्रामा निस्कनु भएको हो ।

कार्कीले दाङसहित ७२ जिल्लाको यात्रा गरिसक्नुभएको छ । अब रोल्पा, रुकुम पूर्वको जिल्लाको यात्रामा निस्कदै हुनुहुन्छ । नेपालसँगै उहाँले विश्वका ३३ राष्ट्रको पनि यात्रासम्पन्न गरिसक्नुभएको छ । बंगलादेश, भुटान, भारत, श्रीलंका, माल्दिपस, बर्मा, थाइल्याण्ड, कम्बोडिया लगायत देशको यात्रा गरिसकेको कार्कीले बताउनुभयो ।

यात्रा सहज नभए पनि विश्वशान्तिका लागि आफूले यात्रा गरेको उहाँको भनाई छ । तर यात्रामा सहयोग नमिलेको उहाँको गुनासो छ । विदेशमा यात्रा गर्दा सम्मान, सहयोग मिलेको भन्दै उहाँले नेपालमा त्यस किसिमको सहयोग पाउन नसकेको बताउनुभयो ।

पैसाको अभावमा कहिलेकाँही घरदैलो कार्यक्रम गरेर पैसा संकलन गर्नु पर्ने बाध्यता रहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले आफूले विश्वयात्रा गरेर नेपाललाई विश्वमा चिनाउने प्रयास रहेको भन्दै सहयोग गरिदिन आग्रह पनि गर्नुभयो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad