Ad Area

नमस्ते बबईद्वारा तीज मिलन


दाङ,२ भदौ । घोराहीमा रहेको नमस्ते बबई बचत तथा ऋण सहकारी सस्था लिमिटेडले तीज मिलन कार्यक्रम गरेको छ ।

हिन्दु नारीहरुको पर्व हरितालिका तीजका अवसरमा सहकारी सस्थाले बुधवार घोराहीमा कार्यक्रम गरेको हो । सहकारी सस्थाको मातृशक्ति उपसमितिका संयोजक जमुना रावतको अध्यक्षता एवं नमस्ते बबई बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष अन्जनकुमार पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले नियमित बचतमा ध्यानदिन महिलाहरुलाई आग्रह गरेका थिए ।

बक्ताहरुले समयमा गरेको सानो बचतबाट महत्वपूर्ण सहयोग मिल्ने भएकाले हरेक महिलाहरुलाई बचत ध्यानदिनुपर्नेमा जोड दिएका थिए । तीज मिलन कार्यक्रममा सहकारीमा आवद्ध नियमित बचत गर्नुहुने ५० जना महिला सदस्यको सहभागीता रहेको थियो । सदस्य देवकी कुँवरको स्वागत मन्तव्यवाट सुरु भएको तीज मिलन कार्यक्रम सञ्चालन व्यवस्थापक सुनिता थापाले गरेकी थिइन ।