Ad Area

दाङमा सोलिस टेक्ट्ररको रोड शो


दाङ,२ भदौ। जापानीज प्रविधिद्धार निर्मित सोलिस टेक्टरले दाङका बजारहरुमा रोड शो गरेको छ । अल्फा टु इन्टरनेसनल प्रालीले सोलिस ब्राण्डका नयाँ टेक्टरहरुको दाङको घोराही, तुलसीपुर र लमहीमा रोड शो गरेको हो ।

सोलिसको ६०२०, ५७२०, ५२२० र ४७२० मोडलका टेक्टरहरुको रोड शो गर्दै बजार परिक्रमण गरिएको हो । जस अनुसार लमहीमा मंगलवार र घोराही र तुलसीपुरमा बुधवार रोड शो गरिएको हो ।

सोलिसको नयाँ मोडलका टेक्टरका विषेशताबारे जानकारी दिने उद्देयश्ले रोड सो गरिएको अल्फा टु इन्टरनेसनल प्रालीका म्यानेजिङ डाइरेक्टर मधुसुदन डाँगीले बताए । जापनीज प्राविधिबाट निर्मित सोलिस कृषिका लागि बहुउपयोगी टेक्टर भएको बताए । ‘सोलिस विषेशगरी कृषि क्षेत्रका लागि बहुउपयोगी टेक्टर हो’ एमडी मधुसुदन डाँगीले भने, ‘हिमाल, पहाड र तपाई क्षेत्रमा भारबहनका लागि अति उपयोगी टेक्टर हो ।’ उनका अनुसार उक्त टेक्टर नेपालभर भर ३५० बढी बिक्रि भइसकेको छ ।

सोलिसका टेक्ट्ररमा सजिलो र आरामदायी सिन्क्रोमेस गीएर बक्स, एरो डाइनोमिक डिजाइन, डिराएल एलइडि लाइट, प्रोजेक्ट हेड लाइट, हाइड्रोलिक लिफ्ट क्षमता लगायतका विषेशता रहेको डाँगीले जनाकारी दिए । दाङमा अल्फा टु इन्टरनेसनल प्रालीले सोलिस टेक्टरको आधिकारिक रुपमा लमही र घोराहीमा विक्री वितरण गर्दै आएको छ ।

Blog Post Ad

त्यस्तै सोलिसले रुकुम र सल्यान, प्युठान पनि रोड सो गर्ने भएको छ । जस अनुसार रुकुम र सल्यानमा भदौ ३ र ४ गते गरिनेछ भने प्युठानमा ५ गते रोड सो गरिने भएको छ ।
ब्दजबकज

Blog Post Ad Blog Post Ad