Ad Area

मौलाउँदै अपराध, हनि ट्रयापमा पारेर पैसा असुल्ने पाँच जना पक्राउ


घोराही, २ भदौ । आपराधिक लाभ ‘एक्सटर्सन’ गर्ने ४ जना महिला र १ जना पुरुष पक्राउ गरी दाङ प्रहरीले सार्वजनिक गरेको छ । प्रेमको जालमा पारी आर्थिक लाभ लिने खोज्ने दाङका एक गिरोहलाई जिल्ला प्रहरी कार्यालय दाङले प्रक्राउ गरेको हो।

जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा सुनचाँदी व्यवसाय गर्दै आइरहेका दिनेश घर्तीमगरलाई मायाप्रेमको नाटक गरी रकम असुली गर्ने घटनाका नाईके रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर ५ का ४० वर्षीय दिलिपकुमार वली, घोराही उपमहानगरपालिका वडा नम्बर १० की पवित्रा डाँगी, सोही ठाँउकी ३२ वर्षीया बिमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया सर्मिला भनिने पर्मिला नेपाली रहेका छन् ।

पक्राउ परेकी सर्मिला नेपालीले पीडित घर्तीलाई साउन २६गते राती ११ बजे योजनावद्ध तरिकाले आफ्नो घरमा कोही नभएको भन्दै बोलाएको बताइएको छ । घर्तीमगर उनको कोठामा पुग्नासाथ दिलिप, बिमला, शान्ता र पवित्रा पर्मिलाको कोठामा पुगेको बताइएको छ । त्यसपछि उनीहरुले चेलीबेटीलाई बलात्कार गर्ने भन्दा हातपात गर्नुका साथै करणी आरोपमा प्रहरीमा उजुरी दिने धम्की दिए । तर उनीहरुले पैसा दिए कुरा प्रहरी कहाँ नपुग्ने बताए ।

त्यसपछि उनीहरुले घर्तीमगरसँग १ वटा घडेरी पास गर्न धम्की दिएका थिए । घर्तीले घडेरी आफूसँग नभएको र पैसा दिने बताएपछि साउन २७ गते १ लाख नगद, २ लाखको २ वटा चेक र ७ लाख २० हजारको अर्को चेक उनीहरुले लगेका थिए । पक्राउ परेकाहरुले पैसा कमाउने धन्दासहित यो क्रियाकलाप गरेको एसपी काफ्लेले बताए । आफूसँग पैसा असुलेको खबर घर्तीले २७ गते प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी काफ्ले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

पक्राउ परेकाहरु उपर मुलुक फौजदारी कार्यविधि संहिता २०७४ अनुसार आपराधिक लाभ शिर्षकमा मुद्धा दर्ता गरी अनुुसन्धान भइरहेको उनले जानकारी दिए । यसअघि पनि प्रहरीले गत वर्ष घोराहीबाट यस्तै प्रकारको घटनामा संलग्न रही १८ लाख मागेको अभियोगमा ३ जना महिलालाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, चालु आर्थिक वर्षको बितेको एक महिनामा अपहरणसम्बन्धि कसुरका दुई वटा तथा हातहतियार खरखजाना अन्तर्गत १ वटा घटना प्रहरी कार्यालयमा दर्ता भएको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad