Ad Area

राप्ती नदीमा डुंगा पल्टिँदा विद्यार्थी घाईते


घोराही, २ भदौ । राप्ती नदीमा विद्यार्थी चढेको डुंगा पल्टिएको छ । ७ जनाको क्षमता भएको डुंगामा २५ जना बसेर नदी पार गर्न खोज्दा बढी भार भएर डुंगा पल्टिएको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

राजपुर गाउँपालिका ७ स्थित माध्यमिक विद्यालय सिक्टामा अध्ययनरत कक्षा ६, ७ र ८ कक्षाका विद्यार्थीहरू सवार डुंगा लमही नगरपालिका ९ तरुलियामा दुर्घटना हुँदा २५ विद्यार्थीहरू नदीमा डुबेका थिए । बिहीबार बिहान ९ बजेतिर राप्ती नदी पार गरी विद्यालय जान लागेका बेला डुंगा दुर्घटना भएको थियो ।

नदीमा डुबेकामध्ये कक्षा ६ मा अध्यनरत १३ वर्षीय मनीष विक र १२ वर्षीया रिमा राम्जाली तथा कक्षा ९ मा अध्यनरत १६ वर्षीय सन्दीप विकको लमहीमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । अन्य सबै विद्यार्थीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

Blog Post Ad Blog Post Ad