Ad Area

उद्योग दर्ता दुई वर्ष निशुल्क अव शुल्क


दाङ, ३ भदौ । दुई वर्षसम्म निशुल्क रुपमा दर्ता हुदै आएको साना उद्योग दर्ता अव भने व्यवसायीले शुल्क तिर्नु पर्ने भएको छ । लुम्बिनी प्रदेशमा अब नयाँ दर्ता हुने उद्योगले रकम तिर्नु पर्ने भएको हो । चालु आर्थिक वर्ष देखि नयाँ उद्योग दर्ता गर्दा शुल्क तिर्नु पर्ने भएको हो ।

प्रदेश सरकारले अघिल्ला २ वर्षमा घरेलु तथा साना उद्योग दर्ता गर्दा नि शुल्क गरेको थियो । अहिले साना तथा लरेलु उद्योग दर्ता गर्दा ५ हजार १ सय रुपैयाँ तिर्नु पर्ने भएको हो । विगतमा नि शुल्क उद्योग दर्ता गर्न पाउने भए पछि उद्यमी बन्न चाहनेहरुलाई सहयोग पुगेको तर सरकारले यस प्रकारको व्यवस्था हटाएपछि नयाँ उद्यमीहरुलाई समस्या भएको व्यवसायमा आउन चाहेका व्यवसायीले वताएका छन् ।

प्रदेशका १२ वटै जिल्लामा नयाँ उद्योग थपिने साना तथा घरेलु उद्योलय यस प्रकारको सेवा प्राप्त गरेको लुम्बिनी प्रदेश उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले जनाएको छ । नि शुल्क गरेपछि नयाँ थप हुने साना तथा मझौला उद्योग एक सय रुपैयामा दर्ता गर्न पाएका थिए । प्रदेश सरकारलेको निर्णय अनुसार उद्योगमा लाग्ने दस्तुर छुट दिएको कारण एक सय रुपैयामा उद्योग दर्ता हुन पाएका थिए । तर चालु आर्थिक वर्षमा प्रदेश सरकारले नयाँ उद्योग दर्ता गर्दा नि शुल्क नगरेकाले शुल्क लिने गरेको घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख उमवहादुर वलीले बताए ।

प्रदेश सरकारले अघिल्ला वर्षमा नि शुल्क गर्न भनेर परिपत्र गरेकाले नि शुल्क गरिएको थियो तर अवदेखि त्यो व्यवस्था हटाइएको छ । ‘चालु आर्थिक वर्षमा नि शुल्क दर्ता गर्न भनेर कुनै पनि परिपत्र आएको छैन ’ प्रमुख वलीले भने । उद्योग दर्ता गरेर कमाएपछि तिरोस भनेर सरकारले नि शुल्क व्यवस्था गरेको उनको भनाइ छ । कमाउन सुरु गरे पछि कर तिर्न पनि उद्यमीहरुलाई सहज हुने गरेको छ । नि शुल्क उद्योग दर्ता गर्न पाउने भए पछि उद्यमी बन्न चाहनेहरुलाई सहयोग पुगेको उनी बताउछन् । तर सरकारले यस प्रकारको व्यवस्था हटाएपछि नयाँ उद्यमीहरुलाई समस्या भएको छ ।

प्रदेश सरकारले लुम्बिनीमा उद्योग मैत्री बातावरण बनाउन यस प्रकारको योजना अगाडि वढाएको मन्त्रालयले जनाएको छ । नि शुल्क उद्योग दर्ता गर्न पाउने भए पछि उद्योग थपिने र नयाँ उद्यमी उत्पादन हुने प्रदेश सरकारको अपेक्षा लिएको थियो । उद्योग स्थापना संगै उत्पादन समेत वृद्धि हुने सरकारको अपेक्षा थियो । ‘प्रदेश सरकारले नया उद्यमीहरु लाई प्रोत्साहन गर्ने उदेश्यले नि शुल्क गरेको हो ’ मन्त्रालयका अधिकृत बालकृष्ण गैरेले भने ‘चालु आर्थिक वर्षको निती कार्यक्रम तथा आर्थिक निमावलीमा छुट दिने कार्यक्रम नभएकाले शुल्क लिने गरेको छ ।’

महिलाहरुको नाममा दर्ता गर्दा ५० प्रतिशत छुट दिइ राखिएको छ । साना तथा घरेलु उद्योग थपिएमा रोजगारीको सृजना हुने समेत उनी बताउछन् । रोजगारका लागि वाहिरी पर्ने बाध्यता हटने मन्त्रालयको भनाइ छ । रोजगार प्राप्त गरे पछि नागरिकको जीवन स्तर समेत सुधार हुने मन्त्रालयका अधिकृत गैले बताउछन् । नागरिकको आर्थिक सुधार भएसंगै प्रदेशको आर्थिक स्तर समेत माथि उठने प्रदेश सरकारको अपेक्षा छ ।

Blog Post Ad

पछिल्लो समयमा युवाहरु समेत उद्यमी बन्दै गएका छन् । अहिले रोजगारका लागि विदेशीने युवाहरु समेत स्वदेशमा नै केही गर्नु पर्दछ भनेर उद्योग स्थापना गर्न थालेका छन । तर प्रदेश सरकारको यस्तो नीतिले भने फेरि समस्या भएको छ । प्रदेशमा लघु साना तथा घरेलु उद्योग करिव ९० हजार रहेको अधिकृत गैरेले बताए ।

Blog Post Ad Blog Post Ad