Ad Area

नेपाल निजामती कर्मचारी संगठनद्वारा तीज मिलन कार्यक्रम


घोराही, ४ भदौ । नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्यसमिति दाङको महिला विभागले हरितालिका तीज पर्वको अवसरमा शुभकामना आदानप्रदान एवम् सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

संगठनकी जिल्ला उपाध्यक्ष पवित्रा केसी भण्डारीको अध्यक्षता तथा अखिल नेपाल महिला संघ केन्द्रीय प्रशिक्षण विभाग प्रमुख मेनका पोख्रेलको प्रमुख आतिथ्य एवम् घोराही उपमहानगरपालिकाककी उपप्रमुख हुमा डिसीको विशिष्ट आतिथ्यमा शनिबार संगठनको कार्यालयमा कार्यक्रम गरिएको हो ।

सो अवसरमा, तीज पर्वको महत्व र समाजका विविध पक्षका बारेमा विचार व्यक्त गरिएको थियो । प्रमुख अतिथि पोख्रेलले सामाजिक रुपान्तरणका लागि महिला पुरुष दुवै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । पर्व, संस्कृतिका नाममा हुने रुढीवादी काम र थिचोमिचो बदल्दै संस्कार संस्कृति वैज्ञानिक रुपमा मनाउन अपिल गर्नुभयो ।

घोराही उपमहानगरपालिकाकि उपप्रमुख हुमा डिसीले सबै जातजातिका चाडपर्व, रितिरिवाज, धर्म संस्कृति समाजका अमुल्य सम्पत्ति भएकाले यसको सही कार्यान्वयन हुन आवश्यक रहेको बताउनुभयो । हरेक पर्वहरुको आफ्नै महत्त्व हुने बताउँदै समाजको मागलाई ध्यानमा राखेर वैज्ञानिक रुपमा पर्वको मर्म नमर्ने गरि मनाउनुपर्ने बताउनुभयो ।

शुभकामना मन्तव्य व्यक्त गर्नेहरुले केही व्यक्तिमा सचेतना बढेपनि समाजका सबै पक्षसम्म नेपाली समाजका रिति, संस्कृति र परम्पराको सही मूल्य मान्यता स्थापित हुन नसकेको बताउनुभयो । सामाजिक क्षेत्रमा काम गर्नेहरुले सामाजिक र राजनीतिक क्षेत्रमा लाग्नेहरुले राजनीतिक रुपान्तरणमा भुमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

Blog Post Ad

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी निवर्तमान उपप्रमुख माया आचार्य, बबई गाउँपालिका पूर्व उपाध्यक्ष सावित्रा विक, नेपाल निजामति कर्मचारी संगठनका जिल्ला अध्यक्ष शेरबहादुर केसी, पेशागत महासंघ दाङका अध्यक्ष खिमबहादुर डाँगी, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्य गोकर्ण वली, संगठनका पूर्वअध्यक्ष नारायणप्रसाद घर्ती, राष्ट्र सेवक बहुमुखी सहकारी संस्थाका अध्यक्ष गणेश दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैबीच, संगठन निर्माणदेखि संस्थागत रुपमा विशेष योगदान पुर्याउनुभएका दुई जनालाई सम्मान पनि गरेको छ । संगठन निर्माणमा भुमिका खेलेको भन्दै २०४८ नेपाल निजामती संगठन दाङको प्रथम अधिवेशनबाट निर्वाचित कोषाध्यक्ष माया सुवेदी र २०४३ सालदेखि स्वास्थ्य क्षेत्रमा रही भुमिका निर्वाह गरेको भन्दै सकुन्तला सुवेदीलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर विशेष सम्मान गरिएको छ ।

संगठनकी केन्द्रीय प्रतिनिधि लक्ष्मी अधिकारीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण केन्द्रीय प्रतिनिधि ईश्वरा रावतले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad