Ad Area

महिला पत्रकारको पेशागत सुरक्षामा गम्भीर बन्न आग्रह


घोराही, ४ भदौ । नेपाल पत्रकार महासंघ दाङ शाखा महिला विभागको आयोजनामा पत्रकार महिलाका सवाल विषयक अन्तरक्रिया तथा तिज मिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ । जिल्ला शाखा उपाध्यक्ष तथा महिला विभाग प्रमुख बसुन्धरा गौतमको अध्यक्षतामा कार्यक्रम भएको हो ।

अन्तरक्रियामा बोल्ने बक्ताहरुले सामाजिक संरचनाकै कारण महिला पत्रकारहरुलाई समस्या भएको भन्दै यसलाई परिवर्तन गर्न आवश्यक रहेको बताएका थिए । सबै एकता र संघर्षमार्फत अघि बढ्नु पर्नेमा जोड दिए ।

महिला पत्रकारहरु लामो समयसम्म पत्रकारीता पेशामै टिक्न चुनौति रहेको हुँदा हरेक मिडियाहरु महिलामैत्रि हुनुपर्ने धारणा राखेका थिए । पछिल्लो समय विभिन्न कारणले पत्रकार महिला अन्य पेशामा पलायन हुँदै गएको प्रति ध्यानाकर्षण गराईएको थियो ।

साथै नजिकिँदै गरेको तिज पर्वलाई भड्किलो नभई सभ्य र संस्कार, संस्कृतिलाई संरक्षणका रुपमा मनाउन आग्रह गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, सल्लाहकार अध्यक्ष सुदिप गौतम, लक्ष्मी आचार्य, निवर्तमान उपाध्यक्ष लिला शाह, प्रदेश उपाध्यक्ष चुमा आचार्य, प्रदेश सदस्य पार्वती बस्नेत, प्रेस युनियनका उपमहासचिव सुलोचना गौतम, केन्द्रिय सदस्य नारायणी रजौरे लगायतले बोल्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण सहसचिव दिप्तीशिखा चौधरीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad