Ad Area

सभागृह टोलको अध्यक्षमा बुढाथोकी निर्वाचित


घोराही, १० भदौ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थित सभागृह टोल विकास संस्थाको अध्यक्षमा नरबहादुर बुढाथोकी निर्वाचित हुनुभएको छ । संस्थाको आज भएको भएको साधारण सभा एवम् अधिवेशनले अध्यक्ष बुढाथोकीको नेतृत्वमा ९ सदस्यीय टोल विकास समिती गठन गरेको छ ।

जसका उपाध्यक्षमा नन्दा केसी, सचिवमा सुदिनकुमार घिमिरे, कोषाध्यक्षमा सन्तबहादुर थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ । यस्तै, सदस्यहरुमा शान्तिसिंह घर्ती, नारायणी खत्री, जयप्रकाश घर्ती मगर, पदमप्रसाद पौडेल र अन्जना पुन चयन हुनुभएको छ ।

संस्थाका निवर्तमान अध्यक्ष मुकुन्द प्रसाद भट्टराईको अध्यक्षता तथा जिल्ला समन्वय समित दाङकी सदस्य जुनु बुढाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा वक्ताहरुले टोल विकास संस्थालाई सभ्य, मर्यादित र व्यवस्थित बनाउँदै लैजानु पर्ने बताउनुभयो । कार्यक्रमकी प्रमुख अतिथि बुढाले समाजलाई सही दिशामा अगाडी बढाउन टोल विकास संस्थाको भूमिका अतुलनीय भएकाले टोलबासी नागरिकलाई सचेत बनाउँदै हरेक गतिविधीमा जोड्न सके अपराधरहित सभ्य समाज बन्ने बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि घोराही १४ का वडा अध्यक्ष भानसिंह बुढाले स्थानीय सरकारले पनि टोल विकास संस्थालाई समृद्धिको आधारका रुपमा लिएकाले टोल विकास संस्थाको भूमिकालाई कार्यसमितिले जिम्मेवारी पूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो । संस्थाको कार्यकाल ३ वर्षको रहनेछ ।