Ad Area

जनपत्रकार संगठनको केन्द्रीय सदस्यमा दाङबाट दुई जना निर्वाचित


काठमाडौं, १३ भदौ । जनपत्रकार संगठन नेपालको ऎतिहासिक चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
आइतबार काठमाडौंमा सम्पन्न भएको उक्त सम्मेलनले शेरबहादुर विश्वकर्माको अध्यक्षतामा ५१ जनाको केन्द्रीय समिति निर्वाचित गरेको हो ।

जसको उपाध्यक्षमा जानकी चौधरी, महासचिवमा आलोक लिम्बू, सचिवमा वसन्त विक र कोषाध्यक्षमा दिपेश विष्ट निर्वाचित भएका हुन् ।

संगठनको भदौ ११ र १२ गते दुई दिनसम्म काठमाडौंमा चलेको राष्ट्रिय सम्मेलनबाट दाङका दुई जना केन्द्रीय सदस्यमा निर्वाचित छन् ।

संगठनका दाङ जिल्ला अध्यक्ष तथा डेलीन्यूज राप्तीका सम्पादक हेमन्त प्रकाश वली र संगठनका उपाध्यक्ष तथा सिस्ने अनलाइनका प्रवन्ध सम्पादक जंगबहादुर रेउले केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।