Ad Area

जिल्ला उत्कृष्ट बिद्यार्थीलाई विद्यालयमा सम्मान


दाङ, २० भदौ । २०७८ सालको राष्ट्रिय परीक्षा बोड्ले ल्यायको कक्षा १२ को बार्षिक परीक्षामा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीलाई पद्मोदय पब्लिक नमूना माध्यमिक बिद्यालयले सम्मान गरेको छ ।

विद्यालयले एक कार्यक्रमको आयोजना गरी छात्रा नर्मदा चौधरीलाई सम्मान गरेको हो । शिक्षा समुहमा ३.५१ जिपिए अंक ल्याएर चौधरी दाङ जिल्ला प्रथम भएकोमा विद्यालयले सम्मान गरेको छ ।

सम्मान गर्दै विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष शिबकुमार आचार्य, प्रधानाध्यापक रामप्रसाद जैशी, शिक्षा संयोजक शरदकुमार आचार्यले उत्कृष्ट हुने छात्रालाइ अविर टिका, खादा ओढाएर सम्मान गरेका थिए । सम्मान कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको सहभागीता रहेको थियोे ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad