Ad Area

घोराही १४ मा वडाबाटै राष्ट्रिय परिचयपत्र बनाउन सुरु


दाङ,२० भदौ । घोराही उपमहानगरपालिका वडा नंम्वर १४ मा आज देखी राष्ट्रिय परिचय पत्र बनाउने अभियान सुरु भएको छ ।
वडा कार्यालयबाटै राष्ट्रिय परिचय पत्र बनाउने काम आज बाट सुरु गरिएको वडा अध्यक्ष भानसिं बुढाले जानकारी दिनुभएको छ ।
यसअघि राष्ट्रिय परिचय पत्र बनाउनका लागी जिल्ला प्रशासन कार्यालय सम्म धाउनु पर्दा नागरिकले लामो लाईनको सास्ति झेल्नु परेको थियो ।
वडा कार्यालयबाटै राष्ट्रिय परिचय पत्र बनाउन सकिने भएपछि वडाबासी खुशी भएका छन् । उनिहरुलाई हप्तौसम्मको लाईनमा बसेर राष्ट्रिय परिचय पत्र बनाउनु पर्ने बाध्यताको अन्त्य भएपछि सहजताको महशुस गरेका हुन् ।
आजबाट सुरु भएको यो अभियान केही दिन सम्म मात्र जारी रहने भएकाले वडाबासीलाई राष्ट्रिय परिचय पत्र बनाउनका लागि वडा कार्यालयमा आउन वडा अध्यक्ष बुढाले आग्रह गर्नुभएको छ ।
Blog Post Ad Blog Post Ad