Ad Area

घोराहीमा मगर भेषभुषा तथा गरगहना प्रदर्शनी कार्यक्रम गरिने


घोराही, २३ भदौ । नेपाल मगर संघ दाङले शुक्रवार भोली घोराहीमा भेषभुषा तथा गरगहना प्रदर्शन गर्ने भएको छ । मगर समुदायको कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्य अनुसार शुक्रवार घोराहीमा रहेको बहुउद्देश्यीय सभागृहमा भेषभुषा तथा गरगहना प्रदर्शनी कार्यक्रमको आयोजना गरेको हो ।

मगर समुदायको कला तथा संस्कृति प्रदर्शनी एवं सांस्कृतिक कार्यक्रमको आयोजना गरी जिल्लामा पहिलो पटक एकै स्थानमा मगर कला, संस्कृति तथा गरगहना प्रर्दशनी गर्न थालिएको नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुनमगरले जानकारी दिएका छन् ।

‘मगर समुदायको कला, संस्कृति र भेषभुषाको संरक्षणमा सहयोग पु¥याउने उद्देश्य अनुसार कार्यक्रमको आयोजना गरेका छौ’,अध्यक्ष पुनमगरले भने,‘मगर नाँच, भाषा र सस्कृतिसँग सम्वन्धीत विभिन्न कार्यक्रमहरु हुने गरेपछि एकै स्थानमा सवैलाई समेटेर गरिन थालिएको कार्यक्रम यो पहिलो हो ।’

संघका अध्यक्ष पुनमगरका अनुसार प्रदर्शनीमा मगर समुदायका मौलिक भुमे नाँच, झ्याउरे नाँच, सिंगारु नाँच, कौडा नाँच, सालैजो नाँच, मयुर नाँच, पैसरे नाचलगायतका नृत्यहरु प्रस्तृत गरिने भएको छ । त्यसैगरी समुदायका गरगहना, गीतहरुसँगै मगर समुदायका पुराना अक्षरहरुलाई समेत प्रर्दशनीमा राखिने भएको छ ।

विहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा मगर समुदाय सम्वन्धी तयार पारिएको वृत्तचित्र समेत प्रर्दशनी गरिने भइएको छ । भेषभुषा तथा गरगहना प्रदर्शनी कार्यक्रमको लुम्विनी प्रदेशसभा सदस्य तथा नेपाल मगर संघका पूर्व केन्द्रीय उपाध्यक्ष तुलाराम घर्तीले उद्घाटन गर्ने भएका छन् ।

प्रदर्शनका अवसरमा प्रदेश सरकारको आर्थिक सहयोगमा घोराही उपमहानगरपालिका–१३ नयाँ बसपार्क टोलमा निर्माण हुने बहुउद्देश्यीय सांस्कृति भवनको सिलन्यास गर्ने कार्यक्रम रहेको सचिव मुक्त बुढामगरले जानकारी दिएका छन् । उनका अनुसार प्रर्दशनीमा प्रवेशका लागि एक सय रुपैया टिकटको व्यवस्था गरिएको छ । कार्यक्रममा हास्यकलाकार खड्गबहादुर पुन ‘चंचल’लगायतका मगर कलाकारहरुले विभिन्न प्रस्तुती राख्ने भएका छन ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad