Ad Area

तेक्वान्दो संघ दाङको २२ औँ साधारणसभा


घोराही, २४ भदौ । दाङ जिल्ला तेक्वान्दो संघले शुक्रवार आफ्नो २२ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संघले तुलसीपुर १७ बेलझुण्डीमा रहेको आफ्नै कार्यालयमा एक कार्यक्रम गरी साधारण सभा सम्पन्न गरेको हो ।

संघका अध्यक्ष विष्णु अधिकारीको अध्यक्षता तथा तेक्वान्दो संघ लुम्बिनी प्रदेशका अध्यक्ष विमल रिजालको प्रमुख आतिथ्यता एवं दाङ जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष पाल्पी चौधरीको विशिष्ठ आतिथ्यतामा साधारणसभा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका तेक्वान्दो संघ लुम्बिनी प्रदेशका अध्यक्ष रिजालले जिल्लामा तेक्वान्दो खेललाई व्यस्थित र खेलाडीलाई क्रियाशिल बनाउन जिल्ला कार्यसमितीले गरेको कामको प्रशंशा गरेका थिए । प्रदेशका जिल्ला शाखाहरुमध्ये दाङले सबैभन्दा पहिले कार्यालय सञ्चालन तथा वर्षिक सधारणसभा सम्पन्न गरेर प्रभावकारी व्यवस्थापन तथा संस्थागत पारदर्शिता देखाउन सफल भएको बताएका थिए ।

त्यस्तै प्रदेश कोषाध्यक्ष मोहन श्वर्णकारले थुप्रै चुनौतिहरुलाई पार गर्दै अवस्था आएपनि तेक्वान्दो खेल क्षेत्रको स्तरबृद्धि गर्दै दक्ष खेलाडी उत्पादनमा दाङले थालेको प्रयासमा प्रदेश समितिको सहयोग रहेने प्रतिबद्धता ब्यक्त गरे । विशिष्ठ अतिथि चौधरीले जिल्लामा तेक्वान्दो खेलको अवस्था अन्य खेलको तुलनामा राम्रो रहेको बताउनु भयो । यसप्रति खेलाडीको आक्रषण बढ्दै जानुले तेक्वान्दो खेलको अवस्था जिल्लामा भोली झनै अब्बल बन्दै जाने दाङ जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष चौधरीको भनाई थियो । तेक्वान्दोका सहायक प्रशिक्षक राकेश परियारले जिल्ला तेक्वान्दो संघले तदरुकताका साथ काम गर्दा जिल्लामा खेलाडी तथा प्रशिक्षकहरुलाई पनि राहत मिलेको बताइन ।

साधारणसभाको अवसरमा जिल्ला संघलाई १ सय पिस म्याट सहयोग गर्ने घोराही उपमहानगरपालिका, जग्गा उपलब्ध गराउने घोराही १५ को वडा कार्यालय, कार्यालय सञ्चालनका लागी कोठा निशुल्क उपलब्ध गराउने घरधनि मदन पोखरेल र आवश्यक विद्युतिय सामाग्री सहयोग गर्ने बराह सप्लायर्सका सञ्चालक धिरज पौडेललाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

साधारणसभाले जिल्ला सदस्य विष्णु घर्तिलाई रिक्त रहेको संघको सहसचिव पदमा मनोनित गरेको छ । घर्तिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सचिव बमबहादुर विकले संघको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुरज केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सदस्य किरण विक्रम शाहले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण सचिव बमबहादुर विकले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad