Ad Area

इन्टर स्कूल डिभिजन कप आइतवारदेखि सुरु हुने


दाङ,२४ भदौ । घोराहीमा हुन थालेको इन्टर स्कूल डिभिजन कप क्रिकेट प्रतियोगिता आइतवारदेखि सुरु हुने भएको छ ।

ब्राइनस्टोर्मिङ इभेन्ट्सको आयोजनामा हुन थालेको प्रतियोगिताको उद्घाटन खेल आइतवार विहान ७ः ४५ बजे घोराही उपमहानगरपालिका–१७ स्थीत गुलरिया क्रिकेट मैदानमा गोर्खा इन्टरनेशनल पव्लिक स्कुल र माउन्ट भ्यू इंग्लिस बोर्डिङ स्कुलविच हुने भएको छ ।

आयोजक ब्राइनस्टोर्मिङ इभेन्ट्सले शुक्रवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता बारेमा जानकारी गराएको हो । त्यसैगरी आइतवार दोश्रो खेल दीपशिखा कलेज र दाङभ्याली कलेजकाविच विहान १० : ३० बजे र अन्तिम खेल दिउँसो १ : १५ जनज्योति विद्यामन्दिर र सिद्धार्थ एकेडेमीकाविचमा खेल हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

जिल्लाका नौ वटा कलेजहरुको सहभागिता रहेको प्रतियोगिता आउने असोजको १ गतेसम्म चल्ने भएको छ । ब्राइनस्टोर्मिङ इभेन्ट्सको आयोजनामा हुने प्रतियोगिताका खेलहरु लिक र नकआउट चरणमा हुने छन् । ९ वटा कलेजलाई ३ वटा ग्रुपमा बिभाजन गराएर खेलाइएको प्रतियोगिताको समूह ‘ए’ मा गोर्खा इन्टरनेशनल पव्लिक स्कुल,माउन्ट भ्यू इंग्लिस बोर्डिङ स्कृल,गुरुकुल एकेडमी रहेका छन् ।

त्यसैगरी समूह ‘बी’मा दीपशिखा कलेज र दाङभ्याली कलेज र लिटिल एन्जल र समूह ‘सि’मा जनज्योति विद्यामन्दिर, सिद्धार्थ एकेडेमी र पद्मोदय पव्लिक नमूना माध्यामिक विद्यालय घोराही रहेका छन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad