Ad Area

दाङ क्षेत्र नं. २ बाट महरासहित तीन जनाको नाम सिफारिस


दाङ,२६ भदौ । नेकपा माओवादी केन्द्रले दाङ निर्वाचन क्षेत्र नं २ बाट पार्टीका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरासहित तीन जनाको नाम सिफारिस गरेको छ ।

संघीय निर्वाचन क्षेत्रीय समन्वय समितिका अध्यक्ष भक्तबहादुर वलीको अध्यक्षता एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा आइतवार बसेको बैठकले प्रतिनिधिसभाका लागि उपाध्यक्ष तथा पूर्व सभामखु महरा, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सदस्य रेखा शर्मा र केन्द्रीय सदस्य एवं दाङ इन्चार्ज निर्मल आचार्यको नाम सिफारिस भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्डले जानकारी दिएका छन् ।

महरा २०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट यहि क्षेत्रबाट निर्वाचित भएका थिए ।

Blog Post Ad Blog Post Ad