Ad Area

‘बालबालिकालाई सस्कारसहित शिक्षा’


दाङ,२९ भदौ । बालबालिकाहरुलाई सस्कारसहितको गुणस्तरीय शिक्षा आवश्यक रहेको बक्ताहरुले जोड दिएका छन् । ५८ औं बाल दिवसका अवसरमा घोराही उपमहानगरपालिका–१८ नवलपुरमा रहेको राजविद्या पाठशालाले गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले बालबालिकाहरुलाई ज्ञानका लागि शिक्षासँगै उनीहरुमा अन्तरनिहित प्रतिभालाई उजागर गर्नका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरु समेत हुन आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले बालबालिकाहरुलाई सस्कारसहितको गुणस्तरीय शिक्षा आवश्यक रहेको बताइन । बालबालिकाहरुलाई सस्कारकालागि विद्यालयदेखि घरसम्म ध्यानदिन आवश्यक रहेको उनले बताइन ।

उनले शिक्षासँगै बालबालिकाहरुलाई अतिरिक्त समयमा सामाजिक विषयवस्तुका बारेमा जानकारी दिनुपर्ने बताइन । उनले सस्कार, लागुऔषध, महिनावारीसँगै पछिल्लो समय भैरहेका बलात्कारलगायतका विषयमा बालबालिकाहरुलाई सानैदेखि सचेत बनाउन हरेक विद्यालयले सोच्नुपर्ने बताइन ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले बालबालिकाहरुको सुन्दर भविष्यका लागि गुणस्तरीय शिक्षामा जोडदिनुपर्ने बताएका थिए । साथै उनीहरुले शिक्षासँगै बालबालिकाहरुलाई नराम्रो काममा फस्न नदिनका लागि रहेक अभिभावकहरुले घरमा आफ्ना बालबालिकाहरुलाई अनिवार्य रुपमा समय छुट्याउन आग्रह गरेका थिए ।

Blog Post Ad

बालदिवसका अवसरमा विद्यालयमा अध्ययनरत बालबालिकाहरुले विभिन्न नृत्य तथा कला प्रदर्शनी गरेका थिए । बालदिवसका अवसरमा विद्यालयले ‘बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार,उत्तरदायी सरकार’ भन्ने विषयमा बक्तत्वकला प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा विद्यालयमा अध्ययनरत कक्षा ६ अर्नव चौबे प्रथम र कक्षा ५ बाट अस्मिन सेन्चुरी द्वितीय भएका थिए ।

प्रतियोगिता विद्यालयमा अध्यनरत ४ जना बालबालिकाको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा नेपाल पत्रकार महासघका सल्लाहकार तथा साहित्यकार सबिन प्रियासन, नेपाल पत्रकार महासघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी र प्याब्सन घोराही नगर समितिका अध्यक्ष बिरेन्द्र चन्द निर्णायक थिए ।विद्यालयका प्रिन्सीपल टिकाजंग विके अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बालबालिकाहरुलाई शिक्षासँगै अन्तरनिहित प्रतिभा प्रष्फुटनका लागि अतिरिक्त क्रियाकलापहरु गरिरहनुपर्ने बताएका थिए ।

कार्यक्रममा प्याव्सन घोराही नगर समितिका अध्यक्ष बिरेन्द्र चन्द, नेपाल पत्रकार महासघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, सल्लाहकार सविन प्रियासन, नेपाल प्रेस युनियन दाङ शाखा अध्यक्ष सन्तोष सुबेदी, लायन डा. भिमसेन गिरी, लायन लब अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका डाइरेक्टर गणेश केसीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण शिक्षिका बबिता अधिकारीले गरेकी थिइन ।

Blog Post Ad Blog Post Ad