Ad Area

निमावि लाइसेन्समा पास विद्यार्थीलाई स्पान कलेजद्वारा सम्मान


दाङ ३० भदौ। स्पान नेशनल कलेज घोराही दाङले कलेजमा ब्याचलर लेबलमा अध्ययनरत विद्यार्थीहरु निमावि लाइसेन्समा पास भएकाहरुलाइ एक कार्यक्रमको आयोजना गरि बधाई दिएको छ।
कार्यक्रममा क्याम्पस प्रमुख शरद कुमार आचार्यले निमावि लाइसेन्समा पास भएका सम्पूर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना दिनुभयो । क्याम्पसका प्रबन्धक प्रकाश देवकोटाले सफल भएका विद्यार्थीलाई टीका लगाएर बधाई दिनुभएको थियोे ।
प्राध्यापक- शिक्षक समन्वय समितिका अध्यक्ष लोकेन्द्र रिजालले पास भएका सम्पूर्ण विद्यार्थीहरुलाइ आगामी दिनमा पनि सफलता मिलोस् भनी शुभकामना दिनुभएको थियोे । सो अवसरमा प्राध्यापक श्याम सुवेदी, प्रभा शर्मा, गणेश गौतम लगायतले शुभकामना दिनुभएको थियोे ।
भि एन कलेजको नामबाट संचालित कलेजले यो वर्षदेखि स्पान नेसनल कलेजको नामबाट आफ्ना शैक्षिक गतिविधि सन्चालन गरिरहेको जनाएको छ।

Blog Post Ad Blog Post Ad