Ad Area

अटो रिक्सामा आगजनी गरेको अभियोगमा दुई जना पक्राउ !


घोराही, ३१ भदौ । अटो रिक्सामा आगजनी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय दाङले दुई जनालाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ बिपी चोक नजिक टेक बहादु्र खत्रीको रा १ ह ८६६० नम्बरको अटो रिक्सलाई पार्किङ गरिराखेको अवस्थामा बिहीबार राति करिब साढे १ बजेतिर आगजनी गरेको अभियागमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार, आगजनीको घटना भएलगत्तै खटिएको प्रहरीको टोलीले खोज अनुसन्त्रान गर्ने क्रममा घोराही १५ बस्दै आएका ललितपुर महानगरपालिका १७ का २३ वर्षीय मिलन पौडेल र घोराही १५ बिपी चोकमा बस्दै आएकी बाग्लुङकी २९ वर्षीया कमला दर्जीलाई शुक्रबार बेलुकी ५ बजे पक्राउ गरेको हो ।

घटना बारे थप अनुसन्त्रान अघि बढाईएको प्रहरी प्रवक्ता गौतमले बताउनुभयो । आगलागीका कारण अटो रिक्साको अधिकांश भाग खरानी बनेको छ ।

Blog Post Ad Blog Post Ad