Ad Area

पद्मोदयमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत


घोराही, ३१ भदौ । पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय घोराही दाङले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । कक्षा १२ विद्यार्थीले आयोजना गरेको स्वागत कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई शुक्रबार एक कार्यक्रम गरी स्वागत गरिएको हो ।

विज्ञान संकायमा कक्षा १२ मा अध्ययनरत छात्र गणेश केसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा कार्यक्रम गरी स्वागत गरिएको हो । सो अवसरमा प्रमुख अतिथि डिसीले हुमा डिसी आर्थिक, सामाजिक रुपमा गरेको लगानीलाई खेर जान नदिने गरी विद्यालयबाट शैक्षिक ज्ञान हासिल गर्न अपिल गर्नुभयो ।

जिल्लामै नमूना विद्यालयका रुपमा रहेको हुँदा विद्यार्थीले पनि कुरा भन्दा काम गरेर अघि बढ्नु पर्ने बताउँदै आफ्नो ठाउँबाट अमुल्य समय उपयोग गर्दै भविष्य सुनिश्चित गर्न दत्तचित्त भएर लाग्न सुझाव दिनुभयो । उहाँले साथी भाइको लहैलहैमा लाग्ने, गलत बाटो रोज्ने, अरुको दवाव र प्रभावमा परेर जीवन बर्बाद पार्ने जस्ता गलत कामबाट टाढै रहन सचेत गराउनुभयो । शिक्षाले समाजको सही बाटोमा हिड्न बलियो आधार दिने भएको हुँदा जिम्मेवार विद्यार्थीका रुपमा अग्रसर हुनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका शिक्षा शाखा अधिकृत नारायण प्रसाद पौडेलले जिल्लाको नमुना विद्यालयमा पढ्न आएकाहरु हरेक विद्यार्थीले लक्ष्य प्राप्तिमा लाग्नु पर्ने बताउनुभयो । कक्षा १२ का विद्यार्थी खुमबहादुर बस्नेतको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवकुमार आचार्यले विद्यार्थीहरुलाई हिरा बनेर देखाउन सुझाव दिनुभयो । उहाँले आचरण, व्यवहार बदल्दै अनुशासित बनेर सफलता पाउन सकिने हुँदा लगनशीलताका साथ अध्ययन गर्न अपिल गर्दै त्यही अनुसारको वातावरण विद्याललय बनाएको बताउनुभयो ।

Blog Post Ad

शिक्षा आर्जन गर्न समाज,देश परिवेश बुझ्न अपिल गर्दै उहाँले अभिभावकको सपनालाई मनन् गरेर शैक्षिक उपलब्धी हासिल गर्न आग्रह गर्नुभयो । व्यवस्थापन संकाय संयोजक निश्चल आचार्यले ज्ञान लिन मेहनत गर्न अपिल गर्दै विद्यार्थीहरुको क्षमता अनुसार विद्यालयले असिमित ज्ञान दिने बताउनुभयो । सिपसहितको ज्ञान दिन तयार रहेकाले आफ्नो क्षमता बढाउँदै पठनपाठनमा जुट्न उहाँको आग्रह थियो ।

यस क्षेत्रमै नमूना विद्यालय बन्नुका पछाडि विद्यार्थीहरुले विभिन्न क्षेत्रमा अहिले भूमिका खेलीरहेको बलियो आधार रहेको उहाँको भनाई थियो । कार्यक्रममा कक्षा ११ का माधव वलीले पनि भनाई राख्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुको विभिन्न सांगितीक प्रस्तुति राखेका थिए । अनौपचारिक कार्यक्रमको सभापतित्व व्यवस्थापन संकायको कक्षा १२ का विकास खड्काले गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण विद्यार्थीद्वय प्रवेश भण्डारी र पुष्पा खड्काले गर्नुभएको थियो । पद्मोदयमा विज्ञान, व्यवस्थापन, शिक्षा तथा प्राविधिक धारको पठनपाठन हुँदै आएको छ ।

Blog Post Ad Blog Post Ad