Ad Area

हाप्किडो ग्राण्डमास्टर नेपाल आउँदै


दाङ,२ असोज । गण्डकी प्रदेशको पोखरामा आयोजना हुने सातौँ राष्ट्रिय हाप्किडो प्रशिक्षक प्रशिक्षण तथा रेफ्रि सेमिनारमा ग्लोबल हाप्किडो एसोसिएसनका अध्यक्ष सिनीयर ग्राण्डमास्टर हि क्वान ली नेपाल आउने भएका छन् ।

१४ देखि १६ अक्टोबरसम्म हुने राष्ट्रियस्तरको सेमिनारमा ली विशेष अतिथिको रूपमा उपस्थित हुने छन् । नेपाल मार्शल आर्ट्स हाप्किडो संघको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । एक साता नेपाल बसाइको क्रममा लीले खेलकुदका विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने नेपाल मार्शल आटर््स हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले छन् । सेमिनार लीको मातहतमा हुने छ ।

सेमिनारमा उनले नेतृत्व क्षमता अभिवृद्धिका लागि प्रशिक्षण दिने छन् । विश्वमा हाप्किडो खेलको विकास र बिस्तार तथा दीर्घकालीन लक्ष्य र उद्देश्यका बारे छलफल पनि हुने भएको छ । ग्लोबल हाप्किडो एसोसिएसनको आयोजनमा अर्को वर्ष अमेरिकामा हुने विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालको सहभागिताका विषयमा पनि सो अवसरमा छलफल हुने छ ।

Blog Post Ad Blog Post Ad